मधेस प्रदेश सरकारः सरकार जोगाउने र बनाउने कसरत

काठमाडौं । मधेस प्रदेश सरकार निर्माणको अन्योलता बढदै गएको छ । अल्पमतमा परेका मुख्यमन्त्री सरोजकुमार यादव २३ जेठमा विश्वासको मत लिदै छन् । तर उनीसंग सरकार जोगाउँन आवश्यक सांसद छैन् । उता सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकार गठन गर्न संघीय सरकारको गठबन्धन दलले समेत बहुमत जुटाएर दावी पेश गर्न सकेको छैन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता यादव नेतृत्वको सरकार जोगाउँ कसरत जारी छ । यादवलाई दिइएको समर्थन फिर्ता लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकार निर्माणका लागि बहुमत जुटाउन सकेका छैनन् । एमाले र माओवादी केन्द्र्र्र्र्रले मधेस प्रदेशमा जनमतलाई मुख्यमन्त्री दिने सहमती गरेका छन् । तर जनमतले मुख्यमन्त्री कसलाई बनाउने निर्णय गर्न सकेको छैन् ।

जनमत पार्टीको मधेस प्रदेशमा दलको नेता महेश यादव छन् । तर प्रदेश सांसद समेत रहेका जनमतका महासचिव चन्दन सिंहलाई मुख्यमन्त्री बनाउँनुपर्ने दबाब पार्टी अध्यक्ष डा.सिके राउतलाई छ । सरकार गठनका लागि ५४ सिट जुटाउन नसकेको जनमतले मुख्यमन्त्री पार्टीबाट कसलाई बनाउँने निर्णय गर्न समेत सकेको छैन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा १० दल सहभागि छन् । सरकार गठनका लागि ५४ सिट आवश्यक छ । प्रदेश सभामा एमालेको सभामुख सहित २५, कांग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को ९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को ७ तथा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको १÷१ सांसद रहेका छन् ।

मधेस प्रदेशको सवालमा लोसपा, एकीकृत समाजवादी, सहित साना दलले कुनै निर्णय गर्न सकेको छैन् । जनमतलाई एमाले, माओवादी केन्द्रले समर्थन गर्ने निर्णय गरिसकेका छन् । यि तीन पार्टीको सांसद संख्या ४७ मात्रै पुगिरहेको छ । यहाँ एकीकृत समाजवादी वा लोसपाको समर्थन आवश्यक पर्छ । तर एकीकृत समाजवादी र लोसपाले कुनै निर्णय गर्न नसक्दा आईतबार नै दावी पेश गर्ने योजना असफल भएको छ ।

अल्पमतमा परेका मुख्यमन्त्री सरोजले विश्वासको मत लिनुभन्दा अघि नै सरकार गठन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको योजना सफल हुन सकेको छैन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पार्टी संघीय सरकारमा छ । सत्तारुढ गठबन्धनमा रहेका नेपाल विपक्षी गठबन्धनको बैठकमा समेत सहभागि हुदै आएका छन् ।

काठमाडौंमा आईतबार पार्टीको १०औं महाधिवेशनको लोगो सार्वजनिक एवं विशेष पत्रकार सम्मेलनमा उनले संघीय सरकारको वर्तमान गठबन्धनमै रहेको बताए । तर प्रदेशमा सरकार बनाउन दावी पेश गर्दा एकीकृत समाजवादीका सांसदले हस्ताक्षर गरेका छैन् । अल्पमत परेका सरोज नेतृत्वको सरकारमा एकीकृत समाजवादीका दुई मन्त्री अझै राजिनामा समेत दिएका छैनन् ।

एकीकृत समाजवादी र लोसपाले निर्णय गर्न नसक्दा दुबै गठबन्धन मध्ये कसैसंग बहुमत पुग्ने अवस्था छैन् । आईतबार लोसपाको पदाधिकारी बैठक काठमाडौंमा बसेको थियो । तर सो बैठकले निर्णय गर्न सकेन् । बैठकले निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

सरकार गठनको आन्तरिक तयारीमा जुटेको एमाले, माओवादी केन्द्र र जनमतले एकीकृत समाजवादी, लोसपा, नाउपा, संघीय समाजवादीका सांसदलाई फकाइरहेको छ । उता सरकार जोगाउँन जसपा नेताले समेत एकीकृत समाजवादी, लोसपाका नेतासंग छलफल गर्दै आएका छन् ।

यसैबीच एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरूसँग छलफल चल्ने कुरा स्पष्ट रहेको उनले बताए । उनले सबैले नेताहरूसँग भेट गर्न र सम्पर्क बढाउन पाउने बताए । सरकारमा कुनै असमझदारी नबनाउन आफूले यस’boutमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको पनि बताए ।

उनले देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको बताए । आफ्नो पार्टी दुईवटा नाउमा खुट्टा राखेर हिँड्ने खाले नरहेको बताउँदै उनले भने, ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ । सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौँ । अन्यथा रूपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन । त्यही सिलसिलामा मैले असमझदारी नहोस् भनेर मैले प्रधानमन्त्रीलाई फोन पनि गरेँ । उहाँले भन्नुभयो, ठीक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेण्ट फाइनल नगरिदिनु होला । कति बेला के हुने हो भन्ने स्थिति थियो र विश्वास छ, एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ । हामी दुईवटा नाउमा खुट्टा राखेर हिँड्दैनौँ ।’

उनले अहिलेको अन्योललाई टुंग्याउनैपर्ने अवस्था रहेको बताए । उनले सरकारमा बस्ने कि नबस्ने भन्नेमा पार्टीको बैठकले टुंगो लगाउने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनमा सहमति हुन सकेन, कैलालीमा सवै दलको उम्मेदवारी दर्ता