सशस्त्रद्वारा २४सै घण्टा तैनाथ रहनेगरी डेडिकेटेड मनसुन प्रतिकार्य टोली गठन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले २४सैं घण्टा तैनाथ रहने गरी विपद्् व्यवस्थापन तालिम प्राप्त डेडिकेटेड मनसुन प्रतिकार्य टोली गठन गरेको छ । मनसुनको समयमा बाढी, पहिरो, डुवान एवं विपद्मा परेकाको तत्कालै उद्धारका लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुन र गुल्ममा सिनियर अफिसरको कमाण्डमा माइनस प्लाटुन तथा अन्य युनिटमा १ सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको हो ।

प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर–१ बराह बाहिनी मुख्यालय सुनसरी, नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नम्बर–५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, नम्बर–७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ७÷७ प्लाटुन, नम्बर–३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ५ र नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले ३ प्लाटुन जनशक्ति चौबिसै घण्टा खटाउन सक्ने गरी तयारी हालतमा राखेका छन् । सबै बाहिनीका गरी ५० वटा टोलीलाई अहिले विपद् प्रतिकार्य र विपद्् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा खटाइएको छ ।

डेडिकेटेड मनसुन प्रतिकार्य टोलीले प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका आपत्कालीन कार्य सञ्चालन केन्द्र, विपद्् व्यवस्थापन समिति एवं अन्य विपद्् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा विपद्् व्यवस्थापन प्रतिकार्य गर्नेछ ।

सो टोलीले आफ्नो जिम्मेवारी इलाकामा पर्ने जोखिमयुक्त स्थान तथा बस्तीलगायत अन्य महत्वपूर्ण संरचना जस्तै पुल, कलभर्ट राजमार्ग, लोकमार्ग आदिको पहिचान गरी विपद््को समयमा तुरुन्त उद्धार तथा परिचालन हुन सक्ने व्यवस्थासमेत मिलाइएको छ । साथै बाहिनी मुख्यालय, शिक्षालय, गण र गुल्ममा सिनियर अधिकृतको कमाण्डमा र बीओपी तथा बेसमा जुनियर अधिकृतको कमाण्डमा विपद्् व्यवस्थापन सेल गठन गरी सम्पर्क अधिकृतको व्यवस्थासमेत मिलाइएको सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता एवं सूचना शाखा प्रमुख डीएसपी शैलेन्द्र थापाले बताए ।

यसका साथै सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा रहेका हेभी इक्युमेन्टहरू, डिजास्टर रिलिफ सिस्टम कन्टेनर र मास क्याज्युल्टी भेहिकलसमेत तयारी हालतमा राखिएको छ । बाढी, पहिरो, डुवानका घटनाहरूलाई लक्षित गरी सबै बाहिनी मुख्यालयहरूले मातहतलाई समेटी मनसुनजन्य विपद्् प्रतिकार्य पूर्वअभ्याससमेत सञ्चालन गरेका थिए । यसका साथै जोखिमयुक्त ठाउँमा विपद् सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुरामा एसका सचिवलाई चक्कु प्रहार गर्ने काँग्रेसका २ कार्यकर्ता प्रक्राउ