कतारमा दिउँसोको चर्को घाममा श्रमिकलाई काम लगाउन नपाइने

काठमाडौं । खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वर्षको गर्मी महिनाका लागि पछिल्ला वर्षहरू झैं काम गर्ने समय तोकेको छ ।

खुला कार्य क्षेत्रमा काम गर्ने कामदारका लागि जुन १ देखि सेप्टेम्बर १५ तारिखसम्मका लागि काम गर्ने समयसीमा तोकेको हो । खुल्ला कार्यक्षेत्र वा घाममा काम गर्नुपर्ने कामदारका लागि मात्र यो नियम लागू हुने मन्त्रालयले जनाएको छ।

यस्ता कार्य क्षेत्रमा काम गराउने कम्पनीले बिहान १० देखिदेखि अपराह्न साढे ३ बजेसम्मका लागि काम बन्द गर्नु पर्नेछ । साथै कार्य समयतालिकाको सूचनापत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्नेगरी टाँसिएको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भनेको छ, ‘नयाँ निर्णयले तातो तनावको जोखिम कम गर्न मद्दत गर्दछ जुन कामदारले सामना गर्न सक्दछन् र गर्मी अवधिमा लागू हुने स्वास्थ्य र सुरक्षा योजनालाई समर्थन गर्दछ ।’

नियम उल्लघंन गर्ने कम्पनीविरुद्ध कडा कारबाहीको चेतावनीसमेत दिइएको छ ।

गर्मीको समयमा कामदारहरूलाई गर्मीको तनावको जोखिमबाट जोगाउन आवश्यक सावधानीहरूसम्बन्धी २०२१ को मन्त्रिस्तरीय संकल्प १७ बमोजिम प्रतिबन्ध लागू गरिएको हो।

कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६ सय ५० नेपाली कार्यरत रहेका छन् । तीमध्ये ११ हजार ९० जना महिला कामदार कार्यरत छन् ।

यसैगरी, कुवेतमा दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)ले दिउँसोको चर्को घाममा काम गर्न रोक लगाएको छ ।

पीएएमले श्रमिकलाई काममा बाधा पु¥याउन नभई उनीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय लिएको बताएको छ । यो निर्णय शनिबारदेखि लागू भएको छ भने ३१ अगस्टसम्म रहनेछ । निर्णयअनुसार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुला क्षेत्रमा श्रमिकलाई काममा लगाउन पाइनेछैन ।

कुवेतको ‘पब्लिक अथोरिटी फर म्यानपावरले चर्को घाममा काम गर्न रोक लगाउने निर्णय गरेको म्यानपावरलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ । यो निर्णय गर्मीको समयमा सूर्यको तीव्र किरणबाट कामदारलाई जोगाउने र चलिरहेको आयोजनामा अवरोध नगरी कामलाई व्यवस्थित गर्ने उद्देश्य रहेको पीएएमले जनाएको छ । गर्मीमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुग्दा कामदारलाई चर्को घामको गम्भीर असरबाट जोगाउन प्रतिबन्ध लगाएको जनाएको छ ।

कुवेतमा विभिन्न क्षेत्रमा करिब १ लाख ७ हजार नेपाली कार्यरत रहेको कुवेतस्थित नेपाली दूतावासको तथ्यांक छ । चर्को गर्मीमा काम गर्ने कामदारका शरीरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनले औंल्याएपछि कुवेतले सन् २०१९ देखि चर्को घाममा काम लगाउन नपाउने नियम बनाएर लागू गर्दै आएको हो । कुवेतमा पनि धेरै नेपाली निर्माण क्षेत्र र खुला क्षेत्रमा नेपाली कार्यरत रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सामा एमालेले बिरासत तोड्यो