ज्वाइँ साबबाट जितु फेरी नायक

काठमाडौं । चलचित्र छक्का पञ्जाको टिमबाट निर्माता एवम् अभिनेताको भूमिकाबाट हटेपछि अभिनेता जितु नेपाल पछिल्लो समय चलचित्रमा मुख्य भूमिकामा प्रस्तुत हुँदै आएका छन् । यस अघि उनी चलचित्र ह्यारी की प्यारीबाट नायकको रुपमा प्रस्तुत भएका थिए । सो चलचित्रले मध्यम ब्यापार ग¥यो ।

यतिबेला चलचित्र ज्वाइँ साबको नायकको रुपमा यी अभिनेता यो चलचित्रको छायाँकनमा व्यस्त छन् । यो चलचित्रको मकवानपुरको चित्लाङमा अहिले छायांकनभईरहेको छ । चलचित्रको स्कृप्ट राम्रो भएकाले यो चलचित्रमा काम गरेको जितुले राधजानीलाई बताएका छन् । यही चलचित्रको आफुले गेटअप पनि परिवर्तन गरेको उनले बताएका छन् ।

यो चलचित्रलाईबसन्त निरौलाले निर्देशन गरिरहेका छन् । यो फिल्ममा यो चलचित्रमा जितु नेपालसँगै नीति शाह, वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको पनि अभिनय छ ।

यो चलचित्रको दुई सातासम्म चित्लाङमा खिचेर बाँकी छायाँकन सौराहा र इलाममा गर्ने निर्देशक बसन्तले बताएका छन् । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भइरहेको यो फिल्मलाई तिहारमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । बिजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माझी महिला बनिन् वडाअध्यक्ष