हिमाञ्चल मण्डीबाट निर्वाचित कँगनालाई मन्त्री बनाउन माग

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतले हिमाचल प्रदेशको मण्डीबाट बीजेपी उम्मेदवारको रूपमा २०२४ को लोकसभा चुनावमा जितेकी छिन् । कँगना रनौतले अब जनताको सेवामा सक्रिय हुने बताएकी छिन् । उनी यतिबेला अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी छिन् ।

बिधेयकको रुपमा निर्वाचित भएपछि अभिनेत्रीले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यस माया र विश्वासका लागि मण्डीका सबै जनतालाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु । यो जित तपाईंहरू सबैको हो, यो प्रधानमन्त्री मोदी र बीजेपीको विश्वासको जीत हो, यो सनातनको जीत हो, । मण्डीको यो विजय हो।’

यता अभिनेत्री कँगना रनौतले भाजपाबाट विधेयकको रुपमा चुनाव जितेपछि उनलाई मन्त्री बनाउनु पर्छ भनेर उनका समर्थकहरुले आबाज उठाउन थालेका छन् । यस बिषयमा अभिनेत्री कँगनाले मन्त्री बनाउने’bout पार्टीले निर्णय गर्ने बताएकी छिन् ।

कंगनाले उम्मेदवारी दिँदा कांग्रेसका प्रतिद्वन्द्वी विक्रमादित्य सिंहले कँगनालाई झोला बोकेर बलिउड फर्काइदिने चुनौती दिएका थिए । त्यसपछि अभिनेत्री कँगनाले भनेकी थिईन्,‘महिलाको ’boutमा यति खराब कुरा गर्ने परिणाम उनीहरूले भोग्नुपर्नेछ । यो स्पष्ट भएको छकी मण्डीले छोरीहरूको अपमान सहने छैन ।’

उनले थप भनिन्,‘जहाँसम्म मुम्बई जाने कुरा छ, यो (हिमाचल प्रदेश) मेरो जन्मभूमि हो र म यहाँका जनताको सेवा गरिरहनेछु। मैले जहिले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सबका साथ, सबका विकास लाई समर्थन गर्ने भनेको छु।’ अब आफु हिमाञ्चलमै बसेर झोला बोकेर जनताको सेवा गर्ने यी अभिनेत्रीले बताएकी छिन् ।

त्यसो अत अभिनेत्री कँगनाको नयाँ चलचित्र पान–भारत प्रदर्शनको तयारीमा छ । यो चलचित्र मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण भएको छ । जसमा उनी अभिनेता आर माधवनको जोडी बनेकी छिन् । यो चलचित्रको प्रदर्शनपछि आफ्नो कार्यकाल भरी आफ्नो चुनावी क्षेत्रका जनताको सेवामा लाग्ने अभिनेत्री एवम् विधेयक कँगना रनौतले बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी दर्ता आज र भोलि