मानवीय पुँजी र राष्ट्रिय सम्पदा

मानव विकास भनेको देशको आर्थिक सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रलगायत भौतिक उपलब्धि र तिनको उपयोगमा जनताको पहुँचको दायरा फराकिलो पार्दै तिनीहरूको इच्छाअनुसारको क्षमता विकास गर्नु हो । यसले मानिसहरूका लागि आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा विकल्पको चयन गर्ने दायरालाई फराकिलो पार्छ । समग्रमा मानव जातिलाई विकासको केन्द्रबिन्दु मानेर गरिने सबै किसिमको विकास नै मानव विकास हो । मानव विकास मूलतः सन् १९८० को दशकको अवधारणा हो । विकासको अवधारणामा पुनर्विचार गर्दै विकासको साध्य र साधन दुवै मानिस हो भन्ने मान्यतासहित संयुक्र राष्ट्रसंघीय विकास कार्यक्रमले सन् १९९० देखि मानव विकास प्रतिवेदन प्रकाशन गर्न थालेदेखि यो अवधारणा घनीभूत रूपमा आएको हो ।

जनशक्ति कम हुँदा समाजको माग घट्न जाँदा उद्योगको विकास र विस्तारमा प्रतिकुल प्रभाव पर्दछ

हार्विसन तथा मेयर्स लेख्छ, पुँजी प्राकृतिक साधन, विदेशी सहायता र अन्तर्राष्ट्रिय व्यापार आर्थिक विकासमा स्वाभाविक रूपबाट महत्वपूर्ण योगदान गर्दछ तर जनशक्तिभन्दा बढी महत्वपूर्ण केही छैन । साँच्चै भन्ने हो भने बिनामानिसका प्रयत्न उत्पादन सम्भव छैन । मानवले उत्पादन तथा आयमा वृद्धि गरेर आर्थिक विकासलाई सम्भव बनाउँछ । आर्थिक विकासको प्रक्रियामा जनशक्ति अथवा मानवीय साधनको महत्व केबल यसकारण मात्र होइन कि यसलाई उत्पादनको एक अत्यावश्यक साधन मानेको छ वल्की मानव विकासको उद्देश्य या साध्य पनि हो । जनशक्तिबाट हुने कमी अथवा वृद्धिको विभिन्न व्यवसाय तथा उद्योगको विकास विस्तारमा महत्वपूर्ण प्रभाव पर्छ । जनशक्ति कम भएमा समाजको माग घट्छ जसले गर्दा उद्योगको विकास र विस्तारमा प्रतिकूल प्रभाव पर्छ । विकसित देशको आर्थिक विकासलाई दृष्टिगत गर्दा जनशक्तिले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । भौतिक पुँजीमा गरेको लगानीले तत्काल प्रतिफल दिने भएता पनि मानवीय पुँजीमा गरिएको लगानीले भविष्यमा यसभन्दा पनि बढी प्रतिफल दिने गर्छ । मानव पुँजीमा विकास नभईकन भौतिक पुँजीलाई उत्पादनशील ढंगबाट उपयोग गर्न सकिँदैन । मानवीय साधन आर्थिक विकासको सबैभन्दा महत्वपूर्ण घटक हो ।

मानव पुँजी निर्माण अथवा खासगरी मानिसको शिक्षामा लगानी गर्दा त्यसबाट प्राप्त उत्पादकत्व नाप्न वा त्यसको अनुमान लगाउने सम्बन्धमा अर्थशास्त्रीले दुई मापदण्ड प्रस्तुत गरेका छन् । क) प्रतिफल ख) कुल राष्ट्रिय आय वा भौतिक पुँजी निर्माणमा शिक्षाको योगदान । शिक्षामा गरिने लगानीका दुई अंश हुन्छन् भावी उपभोग अंश र भावी आर्जन अंश । शिक्षामा लगानी गर्दा मानिसको कुशलता र ज्ञानमा वृद्धि हन्छ । ज्ञान र कौशलमा गरिएको लगानीले भावी आर्जनमा वृद्धि गर्छ । यसलाई भावी आर्जन अंश भनिन्छ ।

मानव विकासको उद्देश्यहरूमा मूलभूत रूपमा मावनविकासका दुईवटा प्रमुख उद्देश्य रहेका छन् ः मानव क्षमताको निर्माण र मानवीय क्षमताको उपयोग गर्ने वातावरण सिर्जना । यिनमा मानवलाई क्षमतायुक्त तुल्याउन उनीहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्दै स्वस्थ मानवको निर्माण गर्नु मानव विकासको पहिलो उद्देश्य हो । र, क्षमतायुक्त मानवलाई उपयुक्त वातावरणको सिर्जनाद्वारा उसमा अन्तरनिहित क्षमताको पूर्ण उपयोग हुने अवस्थामा पु¥याउनु मानव विकास अवधारणाको अर्को उद्देश्य हो ।

सामाजिक र सांस्कृतिक दृष्टिकोणले मात्र मानिसको समृद्धि र पूर्ण जीवनलाई बोध गराउँछ

सामाजिक संरचनाको निर्माण र विकासका लागि असल शिक्षा आवश्यक हुन्छ । असल समाजले असल शिक्षाको माग गर्दछ । समाजमा हुने मूल्य, मान्यता, प्रचलन र संस्कारको संरक्षण र संवर्धन गर्न असल शिक्षा आवश्यक पर्छ । समाजमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार रुढिवादी कुरीति हटाउन जनचेतना आवश्यक हुन्छ । जनचेतना जगाउने काम शिक्षाबाट सम्भव हुन्छ । समाजको चाहना, आवश्यकता, रुचि पूरा गर्न शिक्षाले महत्वपूर्ण भूमिका हुन्छ । समाजको आवश्यकताअनुरूपको शिक्षा व्यवस्था लागू गरिन्छ । जहाँ शिक्षाले समाजलाई र समाजले शिक्षालाई प्रभाव पार्छ । कुन देशको शिक्षा कस्तो हुने भन्ने कुरा त्यो देशको समाजको आवश्यकतामा आधारित हुन्छ । शिक्षा समाजका लागि हुन्छ । समाजमा हुने चोरी, हत्या, हिंसा, बलात्कार लुटपाटजस्ता सामाजिक समस्या पनि रहेका हुन्छन् । ती सबै किसिमको समस्याको समाधान गर्ने आधारभूत पक्ष भनेको शिक्षा हो । त्यसैले शिक्षालाई सामाजिक विकास वा परिवर्तनको कारक तत्वका रूपमा लिइन्छ । शिक्षाले मानिसलाई सचेत बनाउँछ, अधिकार र कर्तव्यको बोध गराउँछ यसरी समाजको विकास एवं परिवर्तन र शिक्षाबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । शिक्षाले सामाजिक सचेतीकरण गर्ने तथा सामाजिक संरचनामा समेत हेरफेर ल्याइदिन्छ । मानव स्रोतको विकास प्रत्येक राष्ट्रका लागि आवश्यक पर्दछ ।

दिगो विकासका १७ लक्ष्य, १ सय ६९ परिमाणात्मक लक्ष्य र २ सय ३२ विश्वव्यापी सूचक रहेका छन् । त्यसमध्ये लक्ष्य नम्बर ४ मा समावशी तथा गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरू प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । आर्थिक सर्वेक्षण २०७९÷८० मा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा समावेशी गुणस्तरीय शिक्षामा महत्वपूर्ण लक्ष्य हासिल भएको छ । रोजगारीसँग सम्बन्धित सीप भएका काम गर्ने उमेरको जनसंख्याको अनुपातमा बढिरहेको भए पनि अझै न्यून अर्थात् करिब ३१.० प्रतिशत रहेको छ । विद्यालयमा सिकाइ उपलब्धिको अवस्था गणित ३५, नेपाली ३४, अंग्रेजी ४१ रहेकाले यसमा थप सुधारको आवश्यकता रहेको छ । प्रारम्भिक बालशिक्षाको कुल भर्नादरमा सुधार भए पनि अपेक्षाकृत न्यून छ ।

मानवीय साधन भन्नाले सामान्यत एउटा संगठनभित्र रहेको कार्यदलको ज्ञान, दक्षता, सिर्जनात्मक क्षमता, कुशलताको साथसाथै व्यक्तिको मूल्य, मनोवृत्ति र हितको संलग्नतालाई जनाउँछ । आर्थिक दृष्टिकोणले मानवीय स्रोतको विकास भन्नाले पुँजीको सञ्चय र लगानीमा अभिवृद्धिलाई बुझाउँछ । राजनीतिक अर्थमा प्रजातान्त्रिक वा राजनीतिक प्रक्रियामा जनताको सहभागिता भन्ने बुझाउँछ र सामाजिक र सांस्कृतिक दृष्टिकोणले मानिसको समृद्ध र पूर्ण जीवनलाई बोध गराउँछ । संक्षेपमा मानवीय स्रोतको विकासलाई आधुनिकीकरणको प्रक्रिया पनि भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन रोकिन सक्ने प्रमुख निर्वाचन आयुक्तको आशंका