पीडित महिलालाई आर्थिक सहयोग

फोक्सोको क्यान्सर र ब्रेन ट्युमरको उपचार गराउदै आएकी दुर्गा कार्की बस्नेत ।

खोटाङ । फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पिडित महिलालाई उपचार खर्च जुटाइएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीबाट हाल झापाको बुद्धशान्ती चोक बसाई सरेकी ४२ वर्षीय दुर्गा कार्की बस्नेतको उपचारका लागि २ लाख ८१ हजार ९९१ रुपैयाँ सहयोग जुटाइएको हो ।

कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टको पहलमा १८८ शुभेच्छुकबाट क्यान्सर र ब्रेन ट्युमर पिडित दुर्गालाई उपचार सहयोग रकम जुटेको हो । संकलित रकममध्ये १ लाख १२ हजार भने चिसापानीबजारमा सामुहिक रुपमा संकलन गरिएको हो । संकलन गरिएको रकम अस्पतालमा पुगेर दुर्गाको परिवारलाई हस्तान्तरण गरिएको अभियान्ता एबं कांग्रेस गाउँपालिका सभापति बिष्टले बताए ।

दुर्गाको फोक्सोमा क्यान्सर भएको पूष्टि भएपछि गत मंसिरदेखि पुर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । फोक्सोमा भएको क्यान्सर जित्ने कोसिस भइरहेकैबेला दुर्गालाई ब्रेन ट्युमरको समस्या थपिएको हो । नियमित टाउको दुखिरहने समस्या देखिएपछि चेकजाँच गराउँदा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । गत जेठ ७ गते दुर्गाको ब्रेन ट्युमरको ट्युमरको शल्यक्रीया गरिएको छ । एकैसाथ क्यान्सर र ब्रेन ट्युमरको समस्याबाट आक्रमणमा परेकी दुर्गाको सहयोगार्थ अन्य आफन्त तथा शुभेच्छुकले पनि सहयोग जुटाइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाको पनि खुल्यो खाता, गोडैतामा यादव र कुशवाहा निर्वाचित