रविना टण्डनमाथि हातपात

मुम्बई । बलिउड अभिनेत्री रविना टण्डन अहिले चर्चामा छिन् । आफुमाथि कुटपिट भएको दाबी गरेपछि यी अभिनेत्री चर्चामा आएकी हुन् । एउटा सीसीटीभी भिडियो भाइरल भइरहेको छ जसमा रविना टण्डनमाथि कुटपिट भएको दाबी गरिएको छ ।

तर प्रहरीले उनीमाथि कुटपिट नभएको दाबी गरेको छ । रविनाले मदिरा सेवन गरेर यस्तो बेलेको प्रहरीको भनाई छ ।

अभिनेत्री तथा भाजपा नेता बनेकी कंगना रनौतले रविनामाथि भएको हमला प्रति चिन्ता व्यक्त गरेकी छिन् । उनले रविना टण्डनको समर्थन गर्दै उनीमाथि हातपात गर्नेलाई कारवाही गरिनु पर्ने माग गरेकी छिन् ।

कंगनाले लेखेकी छिन्,‘रविना टण्डन जीलाई के भयो त्यो एकदमै चिन्ताजनक छ, यदि विपरित समूहमा ५–६ जना थपिएका भए उनीहरूलाई पिटेर मारिने थियो । उनीमाथि हमला गर्ने त्यस्ता मानिसहरूलाई कारवाही गर्नुपर्छ भन्ने माग गर्दछु ।’ कँगना रौनतको सामाजिक सञ्जालमा यो पोष्ट आएपछि अहिले रविना चर्चामा आएकी हुन् ।

मुम्बई पुलिसले रविनाको कार कसैसँग अरुको कार नठोक्किएको दाबी गरेको छ । रविना र उनको आमामाथि सार्वजनिक हातपात भएको देख्ने दर्शकहरुले बताएका छन् । गाडी ठोक्किएको बहानामा उनीमाथि केही व्यक्तिले हमला गरेको बताईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
न्युनतम गरे पनि याे निर्वाचनमा उम्मेदवारको २९ अर्बभन्दा बढी खर्च हुने