मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन जाने तयारी गरेका छन् । नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।

मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । भारतीय मिडियाहरुले जुन ८ मा मोदीले शपथ लिने तयारी गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।

मत गणनापछि भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९३ सिट जितेको छ भने विपक्षी गठबन्धनले २३४ सिट जितेको छ । ५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतको लागि २७२ सिट आवश्यक पर्दछ ।   

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले कार्यकर्ताले गरे मतगणनास्थलमा पत्रकारलाई दुर्व्यवहार