अपाङ्गता भएका १७९ जनालाई परिचयपत्र वितरण

शिविरमार्फत लाभग्राहीलाईइ परिचयपत्र वितरण गर्दै गाँउपालिका अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष विर्सिका राईलगायत ।

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा सञ्चालन गरिएको अपाङ्गता रोकथाम तथा पुर्नस्थापना सम्बन्धी घुम्ती शिविरबाट २८१ जना लाभग्राहीले सेवा लिएका छन् । अपाङ्गता भएका व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमार्फत १७९ जना अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरिएको हो ।

जेठ १७ गतेदेखि सुरु भएको शिविर अन्तर्गत नयाँ लाभग्राहीको रूपमा ११५ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् भने पुराना १७९ जनालाई परिचयपत्रको प्रतिलिपी जारी गरिएको गाँउपालिकाका उपाध्यक्ष विर्सिका राईले जानकारी दिईन् । गाउँपालिकाका सबै वडाका लाभग्राहीहरूलाई समेटी शिविर आयोजना गरिएको थियो ।

वडागत रूपमा वडा नं. १ बाँझेच्यानडाँडामा ३९, वडा नं. २ रतन्छामा २३, वडा नं. ३ खिदिमामा १८, वडा नं. ४ मात्तिममा २० र वडा नं. ५ मा १५ जना गरी नयाँ लाभग्राहीको रूपमा सूचीकृत भई परिचयपत्र प्राप्त गरेका छन् । गाउँपालिकाभित्र (क) वर्गको रातो कार्ड पाउने अपाङ्गता भएका व्यक्तिको सङ्ख्या २९, (ख) वर्गको निलो कार्ड पाउनेहरूको सङ्ख्या ६४,पहेँलो कार्ड पाउनेहरू ४३ र सेतो कार्ड पाउनेहरू ४१ जना रहेका छन् । सरकारले (क) र (ख) अर्थात् रातो र निलो कार्ड प्राप्त गर्नेहरूलाई मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

यसमा रातो कार्ड पाउनेले महिना ३,९९० र निलो कार्ड पाउनेले २,१२८ रुपैयाँ पाउने व्यवस्था छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा गाउँपालिकाका पाँचवटै वडामा यो शिविर सञ्चालन गरिएको हो । गाउँपालिका अन्तर्गत अपाङ्गता भएका व्यक्ति र परिवारका लागि थप कार्यक्रम बिस्तार गरिने साकेला गाउँपालिका अध्यक्ष रवीप्रकाश राईले बताएका छन् ।

यस कार्यक्रममा प्रदेश सरकार र करुणा फाउण्डेसनले ३५–३५ प्रतिशत र साकेला गाउँपालिकाले ३० प्रतिशत लगानी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुमानसिंह अर्याल : जनपक्षिय उम्मेदवारदेखि मेयरसम्म