बैतडीका ४ स्थानीय तहमा १ प्रतिशतभन्दा कम बेरुजु

बैतडी । महालेखाको ६१औँ प्रतिवेदन अनुसार बैतडीका ४ स्थानियतहहरुमा १ प्रतिशत भन्दा कम रकम बेरुजु देखिएको छ । आर्थिक बर्ष २०७९÷०८०मा जिल्लाको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका र शिवनाथ गाउँपालिकामा १ प्रतिशत भन्दा कम रकम बेरुजु आएको छ ।

१ प्रतिशत भन्दा कम रकम बेरुजु आउनेमा सुदूरपश्चिम प्रदेशभरीमा जम्मा १० स्थानियतह रहेकोमा बैतडीकै ४ स्थानियतह परेकाछन् । आर्थिक अनुशासन कायम गर्ने आधारमा कारोबारको अभ्यास गरेकाले बेरुजु घटाउन सम्भव भएको दशरथचन्द नगरपालिकाका लेखापाल राम बहादुर चन्दले बताए ।

पालिकामा कर्मचारीको अभावका बिच पनि राम्रो नतिजा ल्याउने प्रयास गरिरहेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए ।

उनले भने,‘हाम्रो पालिकामा प्रमुख प्रशासकीय अधिकृतको अझैपनि अभाव छ । तर अहिले यहाँ रहेकै कर्मचारीहरु लामो समय टिकेमा हामी देशभरमै उत्कृष्ट रिजल्ट ल्याउन सक्छौँ । हामी गाउँपालिकामा सुशासन कायम गरि प्रभावकारी काम गर्न चाहान्छौँ ।’ नगरपालिकामा आर्थिक सुशासन कायम राख्न जनप्रतिनिधिहरुको कुशल नेतृत्वदायी भुमिका र कर्मचारीहरुको कार्यान्वयनमा पारदर्शीता जरुरी रहेको दशरथचन्द नगरपालिकाका सुचना अधिकारी राज बहादुर बिष्टले बताए ।

आगामी दिनमा बेरुजु शुन्य बनाउनुका साथै आर्थिक अनियमीततामा शुन्य सहनसिलता अपनाउने आधारमा काम गर्न आफुहरु क्रियाशिल रहेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर प्रमुखमा कांग्रेसका २५ जनाकाे दावी, उपप्रमुखमा २४ जनाकाे नाम दर्ता