सशस्त्रको इतिहासमै पहिलोपटक सगरमाथा चुम्ने पौडेल सम्मानित

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई नेपाल पूर्वसशस्त्र प्रहरी संघले बिहीबार सम्मान गरेको छ । उनले गत ७ जेठ बिहान १०ः२० बजेको समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाल र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पहिलोपटक संगठनका तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणले हिमाली भेग तथा हाई अल्टिच्युडका भूभागमा समेत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कर्मचारीलाई सीमा सुरक्षार्थ थप अभिप्रेरित भई परिचालन हुन सन्देश दिएको बताए ।

उनले नेपालको सीमा सुरक्षा गर्ने कार्यादेश बोकेको सशस्त्र प्रहरी बल नेपालले अन्तर्राष्ट्रिय सीमामा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सशस्त्र प्रहरी निरीक्षक पौडेललाई हौसला प्रदान गरिएको स्मरण गर्दै उच्च जोखिम एवं जस्तोसुकै परिस्थितिमा पनि हामीले आफूलाई जित्न सक्यौं भने असम्भव भन्ने केही पनि नहुने बताए ।

नेपाल पूर्वसशस्त्र प्रहरी संघका अध्यक्ष एवं अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व गर्दै सगरमाथाको प्रथम सफल आरोहण सशस्त्र प्रहरी बल नेपालमा इतिहासका रूपमा रहने उल्लेख गर्दै सशस्त्र प्रहरी नेपाल हिमाली भेगमा सीमा सुरक्षा गर्न तथा हाई अल्टिच्युडमा परिचालित हुन सक्ने जनशक्ति उत्पादन गर्न सक्षम रहेको बताए ।

उनले सक्षम नेतृत्व र प्रेरणादायी भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई समेत बधाई तथा शुभकामना व्यक्त गरे । अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संगठनको कुशल नेतृत्वको कारण सशस्त्र प्रहरी बलका तर्फबाट पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथामा सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराउन सफल सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल र संगठन प्रमुखप्रतति हार्दिक आभार प्रकट गरेका थिए ।

कार्यक्रममा सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले नेपाल र संगठनको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउन सफल भएकोमा गर्व महसुस गर्दै कार्य क्षेत्रमा सदैव संगठनको हितमा समर्पित रही परिचालित हुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् एमालेबाट पोखरामा टिकट पाएका वडाध्यक्षका उम्मेद्‌वारहरू