होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा कारागारका कर्मचारीसहित कैदीबन्दी पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा कारागारका कर्मचारीसहित कैदीबन्दीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले कारागार नजिक होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा कारागारका खरिदार जीवन पन्त, कैदीबन्दी भुवन थापा र उनका साथी अमरसिंह थापालाई पक्राउ गरेको हो ।

उनीहरुलाई भीमदत्त नगरपालिका २ भासीस्थित पन्त होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले बताए । पक्राउ परेका तीनै जनामाथी छानबिन भइरहेको प्रहरीले जनाएको छ । थापा कारागारका नाइके हुन् ।

उक्त घटनापछि प्रहरीले कारागार सुरक्षामा रहेका कारागार सुरक्षा प्रमुख समेत परिर्वतन गरेको छ । ९५ जना कैदी क्षमता रहेको कञ्चनपुर कारागारमा हाल साढे पाँच सय कैदीबन्दी रहेका छन् ।

सुरक्षा समवेदनशिलता भएको कारागारमा कार्यरत कर्मचारी नै कैदीबन्दीले मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ परेपछि त्यसको चौतर्फी आलोचना भईरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा