गाउँ आएको बाटोले पायो सकरात्मक प्रतिक्रिया

काठमाडौं । अघिल्लो चलचित्र ‘नुमफुङ’ प्रदर्शन भएको करिब २४ वर्षपछि निर्देशक नविन सुब्बा यतिबेला अर्को नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ लिएर दर्शकमाझ आएका छन् । यो चलचित्र विश्वका डेढ दर्जन प्रतिष्ठित फिल्म फेस्टिबलमा रिलिज भएपछि शुक्रबार (आज)बाट नेपालमा रिलिज भएको हो ।

रिलिज अघि बुधबार बेलुका यो चलचित्रको काठमाडौंमा विशेष प्रिमियर गरियो । प्रिमियर शोमा नेता, साहित्यकार, सिनेमाकर्मी तथा सञ्चारकर्मीले यो चलचित्र हेरेर सकरात्मक प्रतिक्रिया दिए ।

यो चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बासहित विभिन्न कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई महेश राईले लेखेका हुन् ।

यो चलचित्रका अभिनेता दयाहाङ राई गाउँ आएको बाटो आफ्नो बाल्यकालको कैयौं घटनासँग मिल्ने भएको बताए,‘यो चलचित्रको स्कृप्ट मलाई साह्रै मन परेको थियो । चलचित्रमा काम गरिरहँदा म आफुलाई बाल्यकालमा छु जस्तो महसुस भएको थियो ।’ दयाहाङले नविन सुब्बा जस्ता प्रतिष्गिठत निर्देशकसँग काम गर्न पाउँदा धेरै कुरा सिक्ने अबसर पाएको बताए ।

यो चलचित्रकी अभिनेत्री पशुपति राईले भनिन्,‘म त चलचित्रमा यति राम्री डुवेछु की धेरै ठाउँमा राएँ । गाउँ आएको बाटोले नेपाली दर्शलको मन जित्ने विश्वास लिएकी छु ।’

चलचित्रको प्रिमियरमा सकरात्मक प्रतिक्रिया पाएपछि निर्देशक नविन सुब्बाले भने,‘जहिले पनि विकाससँगै विभिन्न समस्याहरु पनि भित्रने गर्छन । विकाशले समाजका कतिपय पुराना मुल्य मान्यतालाई कसरी असर पारेको छ भन्नेकुरा हामीले यो चलचित्रमा देखाएका छौं ।’

गाउँमा विकाससँगै के–कस्ता परिवर्तन आउँछ । अनि त्यसको प्रभाव र असर कस्तो पर्छ भन्ने कुरा सुक्ष्म तरिकाले देखाइएको विभिन्न सिनेकर्मी तथा अन्यको प्रतिक्रिया थियो ।

एमाले सांसद रघुजी पन्तले यो चलचित्र यथार्थपरक भएको बताए,‘विकाससँगै गाउँमा परेको प्रभाव र त्यहाँको संस्कृतिमाथी परेको असरलाई सुन्दर ढंगबाट यो चलचित्रमा देखाईएको मैले पाएँ । यो चलचित्रलाई हाम्रा सबै नीति निर्माताहरुले हेर्नु पर्ने मेरो सुझाब छ ।’

पूर्व पर्यटन तथा संस्कृति मन्त्री सुदन किँरातीले गाउँ आएको बाटो चलचित्रको प्रभावशाली पक्ष भनेकै ग्रामिण क्षेत्रका रैथाने संस्कृतिलाई सुक्ष्म रुपले देखाउनु हो भनेका छन् । आफु सोहीसमुदायमा जन्मे हुर्केकाले भएकाले पनि यो चलचित्र हेर्दा धेरैपटक बाल्यकालमा पुगेको उनले बताए । यस्ता चलचित्र बन्न जरुरी भएको किरातीको कथन थियो ।

निर्देशन निश्चल बस्नेतले नविन सुब्बाको कृतिलाई ढिलै भए पनि फेरी हेर्न पाएकोमा खुसी लागेको बताए । चलचित्रमा उहाँले ग्रामिण समाज र त्यहाँको जीवनलाई साँच्चै राम्रोसँग उतार्नु भएको रहेछ ।’

यस्तै अभिनेत्री स्वस्तिमा खड्काले दयाहाङ राईको अभिनयको खुलेर प्रसँसा गर्दै अहिलेसम्मकै फरक भूमिकामा दयाहाङ प्रस्तुत भएको बताईन् । एउटा गाउँमा विकाससँगै भित्रिने विभिन्न समस्या र त्यसले पार्ने प्रभावले भावुक बनाएको बताइन् ।

अभिनेता नाजिर हुसेनले भने,‘गाउँ आएको बाटोमा दया दाईले जब बाँसको चोयालाई सक्लो बनाएर चित्रा बनाउनु हुन्छ नि त्यो चित्रा बनाउने बाँस एकदमै पाको चाहिन्छ । यस्तै दया दाईको अभिनय पनि यसमा पाको छ ।’

पूर्व मिसनेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सिनेमाले देखाएको बाबु र छोराको सम्बन्धको कथा निकै मन परेको बताइन् । यता दयाहाङसँग डिग्री माइलामा काम गरेकी अभिनेत्री आँचल शर्माले दया दाई डिग्री माइलाको भन्दा पृथक भूमिकामा यसमा देख्न पाएको जिकिर गरिन् ।

अर्की अभिनेत्री मिरुना मगरले बाबुआमामा सन्तानको माया कति हुन्छ भन्ने नजिकबाट महसुुस गर्न पाएको बताइन् भने अभिनेत्री दीया मास्केले यो चलचित्र हेरेर हलबाट निस्कँदा पनि त्यसका दृष्यले आफुलाई प्रभाव पारिरहेको जिकिर गरिन् ।

अर्की अभिनेत्री सृष्टि श्रेष्ठले पनि आफु गाउँमा नबसेको भएपनि यो चलचित्र हेरेर गाउँको जीवनलाई अझ राम्ररी बुझ्न पाएको जिकिर गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापामा मतगणना सकिएका ११ वडामध्ये कांग्रेस ६ र एमाले पाँच वडामा विजयी