बन्यो चलचित्र मोदीबेनी, साउनमा रिलिज

काठमाडौं । चलचित्र ‘मोदीबेनी’ निर्माण भएको छ । यो चलचित्रलाई शङ्कर कोइरालाले निर्देशन गरेका हुन् । यो चलचित्र आगामी १८ साउनमा रिलिज हुने भएको छ । चलचित्रको दुई पोस्टर (फस्ट लुक्स) सार्वजनिक गर्र्दै निर्माण पक्षले रिलिज मिति घोषणा गरेको हो ।

यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई पोष्टरमा समेटिएको छ । यो चलचित्रमा अमर र वर्षासँगै रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिसलगायतको अभिनय रहेको छ।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर यो चलचित्र तयार गरिएको निर्माण पक्षले जनाएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द बिक्रम क्षत्रीले लेखेका छन् ।

यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन रहेको छ ।

यो चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयन आज अपराह्न ५ बजेसम्म