खैरो हिरोइनसहित एक भारतीय पक्राउ

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीबाट अवैधलागू पदार्थ खैरो हिरोइन सहित एक जना भारतिय नागरिक पक्राउ परेका छन् । खाँदबारी नगरपालिका –१ बस पार्कबाट चेकजाँचका क्रममा लागू औंषध खैरो हिरोइन एक जना भारतिय नागरिक पक्राउ परेका हुन् । अवैध लागू पदार्थ खैरो हिरोइन सहित भारतको बिहार प्रान्त पूर्णिया थाना –१४ का ३० बर्षीय एमडी साहेवजानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

प्रहरी निरिक्षक लामिछानेका अनुसार बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गएराति साढे १२ बजे भारतिय नागरिक एमडीलाई नियन्त्रणमा लिइएको हो । भारतिय नागरिक एमडीलाई खाँदबारी–१ स्थित बसपार्कबाट प्रहरीले चेकजाँच गर्दा २.८ ग्राम खैरो हिरोइन र नगर २० हजार रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पक्राउ परेका भारतिय नागरिक एमडी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले भारतिय नागरिक एमडीलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्रगत कारबाही अगाडी बढाएको छ । उनीले संखुवासभामा बसेर केही समय अघि देखि अवैधलागू अ‍ैषधको कारोवार गरीरहेको गोप्य सूचना पाएपछि प्रहरी निगरानी बढाएको थियो ।

त्यस्तै गरी प्रहरीले चैनपुर नगरपालिका –३ पोखरी बजारबाट यार्सागुम्बा सहित पाँचखपन नगरपालिका –९ घरभई चैनपुर –४ का ३९ बर्षीय रिम कुमार लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीले लिम्बुको साथबाट छुट पुर्जी नभएको ४ सय ४४ ग्राम र्यासागुम्बा र नगद एक लाख ११ हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रही कार्यालय संखुवासभाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेन्छ्यायेम गाउँपालिकामा एमालेका खापुङ र कांग्रेसकी तिम्सिना निर्वाचित