भाजपाको ‘काउन्ट डाउन’

छिमेकी देश भारतमा लोकसभा निर्वाचन भर्खरै सम्पन्न भएको छ । यसले केही नयाँ सन्देश अवश्यै ल्याएको छ । पहिलो कोही पनि सदाबहार भइराख्दैन भन्ने र दोस्रो पालो आउँछ भन्ने । यसपालि भारतीय जनता पार्टीसहित अरूको पनि पालो आएको छ । पछि यसै हो भन्न सकिँदैन, किनकि भाजपाको काउन्ट डाउन सुरु भइसकेको छ । अहिले विगत १० वर्षदेखि देशभर दाइँ लगाउँदै आएको भाजपाले आफ्नो एकमना वर्चश्व गुमाउन पुगेको छ ।

१० वर्षदेखिको प्रधानमन्त्री नरेन्द्र मोदीको एकमना सरकारको चकचकीमा ब्रेक लागेपछि अबको शक्तिसन्तुलन कसो हुने हो, हेर्न बाँकी छ । तर, मोदी नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए)को गठबन्धन कसरी चल्छ यसैमा निर्भर रहनेछ । अर्को कुरा, दिल्ली लोकसभामा बलियो प्रतिपक्षको उपस्थिति रहनेछ ।

एक दशकको राजनीतिमा चर्चा कमाउन सफल तेस्रोपटक प्रधानमन्त्री बनेका मोदी यो प्रतिकुलतालाई बुझ्न र व्यवहार गर्न सक्षम होलान् कि नहोलान् ? यो प्रतीक्षाको विषय बनेको छ । पहिलेको जस्तो उनको हातमा सबै कुरा हुनेछैन । राज्यसत्ता एकलौटी हुनेछैन । आफ्ना सहयोगीलाई सोधपुछ गर्नुपर्नेछ । र, सहयोगीको विमतिले पनि ठूलो भूमिका खेल्नेछ । अर्कोतिर प्रतिपक्ष पनि बलशाली रहेको छ । यसले पनि मनपरी काम गर्न दिनेछैन ।

मिडियाको प्रवृत्ति पनि पहिलेको जस्तो रहनेछैन । जनतामा प्रतिक्रिया पनि सोही मुताबिकको आउनेछ । भाजपाका कार्यकर्ता पनि कम सन्तुष्ट छन् । बाहिर जनमत पनि कम हुँदै जाने र पार्टीभित्र पनि असन्तुष्टि बढ्दै जाने हो भने आउँदा दिनमा भाजपा सोचेभन्दा कम शक्तिशाली बन्दै जानेछ । किनकि भाजपाले केही नयाँ गर्छ भन्ने कुरा उनका भोटरले पत्याएनन् ।

आरोपप्रत्यारोप र गाली राजनीति चाहिनेभन्दा बढी भयो । जनता सचेत हुँदै गएका छन् । मिडिया प्रविधिले हरेक मानिसको सोचमा ‘स्क्रिनिङ’ शक्ति बढाइदिएको छ । मानिस अबका दिनमा आफ्नो भाग्य र भविष्यको फैसला गर्न सक्ने अवस्थामा छ । फेरि मोदीले आफूले दशकसम्म गर्न सकेका कामको फेहरिस्त नै प्रस्तुत गर्न सकेका छैनन् । निरन्तरताका काम मात्र सतहमा देखापरेका छन् ।

नयाँ कामको थालनी गर्ने र तिनलाई पूरा गर्न मत माग्ने सोच मोदीको देखिएन । अबका जनता विकास र समृद्धि चाहन्छन् । गाली र आरोप प्रत्यारोप होइन ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९५ लाख मतपत्र छापियो