ओखलढुङ्गाबाट पूर्णबहादुरको सारङ्गी सुरु

काठमाडौं । गतवर्ष चलचित्र डिग्री माईला छायाँकन भएको ओखलढुङ्गाको रुम्जाटारबाट यतिबेला फेरी अर्को चलचित्र पूर्ण बहादुरको सारँगीको छायाँकन सुरु भएको छ । शनिबारबाट यो चलचित्रको छायाँकन सुरु भएको हो । यो चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, जान्भि पौडेल, स्वायम् केसीलगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ ।

यो चलचित्रको लेखक तथा निर्देशक सरोज पौडेल हुन् । पारिवारिक सँघर्ष कथा यसमा समेटिएको निर्माण पक्षको कथन छ । एउटा गन्धर्व परिवारले गरेको संघर्ष कथा यसमा रहेको निर्देशक पौडेलले बताएका छन् । यो चलचित्रलाई अन्तर्राष्ट्रिय रुपमा नेपाली चलचित्र वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरिरहेको हो ।

यसका निर्माता प्याट्रिक सुवेदी र विनोद पौडेल हुन् । उनका अनुसार चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारंगीवादन रहने छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाेखराका सुकुम्बासी : लालपूर्जामा तमासुक गर्नेलाई भाेट