आलु नफल्दा किसान चिन्तित, बिमावारे अनभिज्ञ किसान

आलु नफल्दा बारीमै चिन्तित बन्नुभएकी मेलखर्क गाउँकी स्थानीय हरिनादेवी बोहरा । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । महाभारत पर्वतको महाकाली राजमार्ग छेउको मेलखर्क वस्तीको मुख्य पेशा तरकारी खेती हो । तरकारी खेतीबाट भएको आम्दानीले यहाँका स्थानीयले गुजरा गर्दै आइरहेका छन् । जंगल बिचको वस्ती भए पनि पर्याप्त पानीका मुहान नहुँदा यहाँको जमिनमा सिंचाइको सुबिधा छैन । अकाशे पानीको भरमा गरिने तरकारी खेतीले बेलाबखत निरास बनाउँछ । यस वर्ष हिउदमा पर्याप्त वर्षा तथा हिमपात नहुँदा आलुको उत्पादन ९० प्रतिशतले घटेको छ । फागुन महिनामा लगाइएको आलु नफल्दा किसान चिन्तित भएका छन ।

आलिताल गाउँपालिका–१ को मेलखर्क वस्तीमा हरिनादेवी बोहराले आलुखेती गरेको एक दशक बढी भयो । आलुखेतीबाट हुने आम्दानीले नै उनले सबै धर खर्च चलाउदै आइरहेकी छन । गत फागुन महिनामा उनले आफ्नो बारीमा आठ कुन्टल आलुको बिउ लगाईन । अहिले आलु खन्दा बिउ पनि फिर्ता नहुने देखिएपछि अब के खाने ? भन्ने चिन्ता उनको छ ।

यसै वस्तीमा झण्डै दुई दशकदेखि आलु लगाउदै आइरहेकी किसान डम्बारदेवी बोहराले गत फागुन महिनामा सात कुन्टल आलुको बिउ लगाएकी थिईन । अहिले खन्ने बेला लगाएको बिउसमेत नफले पछि चिन्तित हुदै उनले भनिन्, अरु वर्ष सात–आठ कुन्टल बिउ राखेर दुई, ढाई लाखको बिक्रि गथ्र्यौ । यो वर्ष आलु नै फलेन । किरालाई ठिक्क भयो ।

सिंचाईको व्यवस्था नभएको यस क्षेत्रमा यस वर्ष पर्याप्त हिमपात र वर्षा नहुदा आलुमा किरा लागेको उनीहरुको बुझाई छ । आलुमा डढुवा पनि लगोको छ भने आलुका दाना सबै किराले खाएको देखिएको छ । यस क्षेत्रमा बसोबास गर्ने १५ बढी परिवारले हजारौ रोपनीमा लगाएको आलु यस वर्ष नष्ट नै भएको छ । यहाँका सबै किसान चिन्तित छन । आलु बिमा ’bout आफुहरु लाई कुनै जानकारी नभएको उनीहरुले बताएका छन ।

नेपाल सरकारले कृषि तथा पशुपंक्षि विमातर्फ किसानलाई आकर्षित गर्न २०७० साउन १ गतेदेखी कृषि तथा पशुपक्षी बिमाको बिमा शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको थियो । २०७८ असोज ७ गतेदेखि लागू हुने गरी अनुदान बृद्धि गरि ८० प्रतिशत पुर्याईएको छ । किसानले कृषि तथा पशुपंक्षिको बिमा गर्नुपरेमा बिमा शुल्कको ८० प्रतिशत रकम सरकारले तिरिदिन्छ भने किसानले केबल २० प्रतिशत तिरे पुग्छ ।

अझ सुदूूरपश्चिमको हकमा ८० प्रतिशत अनुदान संघिय सरकारको तर्फबाट र बाँकि २० प्रतिशत अनुदान सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट व्यहोरिने व्यवस्था छ । यसो हुदा सुदूरपश्चिमका किसानलाई कृषि तथा पशुपंक्षी बिमा निःशुल्क नै भएको छ । तर किसानहरुले सेवा शुल्क वाफतको केहि रकम बिमा कम्पनीलाई तिर्नुपर्ने भने हुन्छ । अझ बिमाको अवधीमा बिमितको निधन भएको खण्डमा विमित व्यक्तिको पनि दुई लाख रकम बरावरको बिमा गरिएको हुन्छ । भनेपछी कृषि तथा पशुपंक्षि बिमा गर्दा दोहोरो फाईदा देखिन्छ । तर डडेल्धुराका किसानले बिमा गर्ने ’bout जानकारी नै नभएको बताएका छन ।

समुदाय स्तर सम्म कृषि बिमाको ’boutमा जानकारी दिन सकिएको छैन । जानकारी प्राप्त गरेको समुदाय सम्म सेवा प्रदायक बिमा कम्पनिहरुको उपस्थिती रहेको छैन । जीवन बिमा कम्पनीको तुलनामा निर्जीवन बिमा कम्पनीमा बिमा अभिकर्ताहरु आकर्षित हुन नसक्दा समुदाय स्तरमा कृषि बिमा गर्न चाहेर पनि गर्न सकिएको छैन ।

सरकारी पक्षाबाट कृषि बिमाका लागी सतप्रतिशत अनुदान दिदा पनि किसानहरु कृषि बिमा तर्फ खासै आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमख खेमराज पनेरुले बताउए । प्रचार प्रसारको कमी र प्रकृयागत झन्झटका कारण किसानहरु कृषि बिमा तर्फ आकर्षित हुन नसकको उनको बुझाई छ । गत वर्ष कृषि ज्ञान केन्द्रमा जम्मा नौ जनाले बाली बिमा वाफतको अनुदानका लागी आवेदन भरेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हमाल भन्छन् ‘धनगढीलाई पाँच वर्षमा मुलुककै नमुना शहर बनाउछु’