पुलको जाली काटेर खसालियो खच्चड, ७ वटाको उद्धार

दैलेख । झोलुंगे पुलमा फसेका खच्चडहरूको उद्धार गरिएको छ । आइतबार बिहान अछामबाट चामल लिन दैलेखको आठबीस नगरपालिकाको राकम बजार आउँदै गरेका खच्चडहरूको उद्धार गरिएको हो ।

जीर्ण भएको पुलबाट अछामदेखि दैलेखको आठबिस नगरपालिका राकम बजार आउँदै गरेका खच्चड झोलुंगे पुलमा फसेको प्रहरीले जानकारी दिएको छ । अछामबाट चामल लिन दैलेखको आठबीस नगरपालिकाको राकम बजार आउँदै गरेका १३ वटा खच्चर पुलमा फसेको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइराला जानकारी दिए ।

अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुँडिँदा १३ वटा खच्चड फसेको उनले बताए । फसेको खच्चड उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खच्चड उद्धार गर्न परिचालन गरिएको उनले बताए । ७ वटा खच्चड उद्धार गरिएको अन्यको पनि उद्धार कार्य भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी कोइराला राजधानीलाई बताए ।

अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको एकछेउका लठ्ठा चुडिँदा खच्चर अड्किन पुगेका थिए । २०५७ सालमा निर्माण भएको पुल मर्मत सम्भार नहुँदा जीर्ण भएकोले चुँडिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई जिल्ला सदस्यसहित ७ जनालाई कारबाही