चिल्लो बन्यो स्याउले–कीर्तिपुर सडक

डडेल्धुरा । जिल्ला सदरमुकामको मुख्य सडकमा परेका खाल्टाखुल्टी टालेर प्रिल्यापिङ गरिएपछि चिल्लो बनेको छ । स्याउले–बागबजार–तुफाँनडाडा–कीर्तिपुर बजार क्षेत्रको मुख्य सडकका खाल्टाखुल्टी वर्षौंपछि पुरिएपछि चिल्लो बनको हो ।

सुदूरपश्चिका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग महाकाली राजमार्गको यस क्षेत्रमा परेका खाल्टाखुल्टी यस वर्ष पुरिएका छन् । २०५४ सालपछि मात्रै कालोपत्रे भएको महाकाली राजमार्गको यस खण्डमा परेका खाल्टाखुल्टी यसअघि २०७९ मंसिर महिनामा टालिएका थिए । चुनावको मुखैमा मंसिरको चिसोमा टालिएका खाल्टाखुल्टी चुनाव सकिएलगत्तै उप्किएका थिए ।

खाल्टाखुल्टीले उबड खाबड बनेको सडममा अहिले मात्रै टालाटुली हालेर प्रिरल्यापिङ गरिएपछि सडक चिल्लो भएको छ । सडक डिभिजन कार्यालय कुलपाते डोटीको १ करोड २० लाख रुपैयाँबराबरको ठेक्का सम्झौता भई डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रको कालोपत्रे सडकमा प्रिल्यापिङ गर्ने काम भएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश भट्टराईले जानकारी दिए ।

महाकाली राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ को स्याउले बजारदेखि ६ किलोमिटर सडक खण्डका खाल्टाखुल्टी पुरेर प्रिल्यापिङ गर्ने काम भएको उनले बताए । निर्माण कम्पनी दाना निर्माण सेवासँगको ठेक्का सम्झौतामा सो काम भएको उनले बताए । पाँच मिटर फराकिलो रहेको कालोपत्रे सडकमा प्रिल्यापिङको काम गरिएको छ । तुफानडाँडा बजारदेखि कीर्तिपुर बजारसम्म भने ८ मिटर फराकिलो सडकमा प्रिल्यापिङ गरिएको छ ।

प्रायः सधैं व्यस्त रहने जिल्ला सदरमुकामको बागबजार, तुफानडाँडा क्षेत्रको सडकमा खाल्टाखुल्टी हुँदा यातायातका साधन सञ्चालनका साथै पैदल आवतजावतमा समस्या हुने गरेको उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालिका अध्यक्ष मानबहादुर साउदले बताए ।

साँघुरो सडकमा यातायातका साधनका साथै मानिसहरूको समेत हिँडडुल हुने भएकाले समस्या हुने गरेको थियो । प्रिल्यापिङपछि यातायातका साधन सञ्चालनका साथै पैदल हिँडडुल गर्न निकै सहज भएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगरमा रेनु दाहाल सात हजार मतले अगाडी