ग्लोबल आईएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ ।

आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने, नगद जम्मा गर्ने र एटीएम मेसिनजस्ता अत्याधुनिक मेसिनहरू रहेको डिजिटल युनिभर्सको उद्घाटन गरे ।

‘डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै आमजनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ,’ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, ‘यो पहल ग्लोबल आईएमई बैंकको आफ्ना ग्राहकलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासको एक हिस्सा हो । हामीले अहिले सार्वजनिक गरेको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापी रूपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ ।’

अहिलेको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउने भन्दै ग्लोबल आईएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताएको छ ।

यस्ता नवीन बैंकिङ प्रविधिहरू अँगालेर बैंकले आफ्ना ग्राहकको बदलिँदो बैंकिङ आवश्यकता मात्र पूरा गरेको छैन, डिजिटल नेपाल निर्माणका लागि आधार खडा गर्न उल्लेख्य सहयोग पु¥याएको सो बैंकले जनाएको छ । सो कार्यक्रममा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतलगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले नपत्याएका ३३ वर्षिय थापा शिवराजमा मेयर निर्वाचित