महानगरका सबै शैक्षिक संस्थाको पढाई साढे १० बजेभित्र सक्न सर्कुलर

वीरगन्ज । मधेशमा बढेको अध्याधिक गर्मीको कारण वीरगन्ज महानगरले आफ्नो पालिका क्षेत्र भित्रका सबै शैक्षिक संस्थाहरुलाई बिहान साढे १० बजे भित्र पठनपाठन सक्न सर्कुलर गरेको छ । एक डेड हप्ता यता मध्य तराईमा बढेको अत्याधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यको ख्याल गरी महानगरले यो निर्णय गरेको हो ।

महानगरका धेरै विद्यालय गर्मीको कारण बिहान संचालनमा थिए । विद्यार्थी बढि भएका विद्यालयहरु दिउसो र बिहान दुवै सिप्टमा संचालित छन् । बिहान संचालन भएका विद्यालयहरुको छुट्टि हुने समय १२ साढे १२ बजेतिर हुँदा मध्य दिउसोको घाममा बालबालिका बढि प्रभावित हुने वीरगन्ज महानगरको निष्कर्ष छ । फलतः महानगरले सजगता अपनाई पालिका भित्रका सबै शैक्षिक संस्थाहरुलाई पठनपाठनको तालिका बदल्न सर्कुलर गरेको जनाएको छ ।

मध्य तराईको तापक्रम आजकल ४० डिग्रीदेखि ४४ डिग्रीसम्म पुग्ने गरेको छ । यो गर्मीबाट विद्यालयमा अध्ययनरत बालबालिकालाई बचाउन पर्ने चुनौति जिम्मेवार व्यक्ति र निकायमा थपिएको छ । यो कुरालाई वीरगन्ज महानगरले मध्य नजर गर्दै आफ्नो क्षेत्रका बालबालिकाको सुरक्षाको लागि सजगता अपनाएको वीरगन्ज महानगरपालिकाले जनाएको छ । केही दिनदेखि अत्याधिक गर्मी बढेपछि महानगर क्षेत्र भित्रका बालबालिकाको रक्षार्थ समयमा नै सजगता अपनाइएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए ।

महानगरपालिका क्षेत्र भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सम्बोधन गरी उनैद्वारा हस्ताक्षरित पत्र च.नं ९७६० मार्फत मातहतका सबै विद्यालयहरुलाई सर्कुलर जारी गरेको छ । सो पत्रमा सोमबार अर्थात जेठ २८ गतेदेखि नै लागु हुने गरी बिहान साढे १० बजे भित्र पठनपाठन सक्न भनिएको छ । विद्यालयको पठनपाठन कम गर्ने ’bout महानगरको आइतबार बसेको बैठकले गरेको निर्णय अनुसार यो कदम चालिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।

बालबालिकाको स्वास्थ्यलाई ख्याल गरी बिहानको समयमा कक्षा संचालन गर्दा समयावधिलाई कम गरी यो क्षति पछि मिलान गर्ने गरी कक्षा संचालनको समय साढे १० बजे भित्र सक्ने भनिएको वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछानेले बताए । अर्को सूचना जारी नभएसम्म महानगरपालिका भित्रका सबै विद्यालयको अध्यापन उक्त समयभित्र सक्न भनिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता शिक्षाको अभावमा वीरगञ्जमा ५३ प्रतिशत मत बदर