गर्मी बढेपछि दैलेखमा विद्यालय बन्द

दैलेख । दिनानुदिन तापक्रम बढ्दै गएपछि दैलेखको नारायण नगरपालिका पालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयमा गर्मी बिदा दिएको छ ।

नगरपालिकाले यही जेठ २९ गते देखि चार दिनका लागि आफ्नो नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत विद्यालयमा बिदा दिएको हो ।

दैलेख सदरमुकामस्थित रहेको नगरपालिकाले ४ दिन गर्मी विदा दिने निर्णय गरेको नारायण नगरपालिकाका शिक्षा अधिकृत पूर्ण प्रसाद उपाध्यायले बताए । नगरले बढ्दो गर्मीका कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिएकाले चार दिन बिदा दिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गण्डकीमा सत्तारुढ दलहरुबिच गठबन्धन गर्ने सहमति