वरवधूको लमी बन्दै ‘एआई’ !

विश्वमा ‘इको सिस्टम’को बेवास्ता गरेर लगातार अनावश्यक वृद्धि भइरहेको भनेको मानिसको संख्या हो । यस जनसंख्याले विश्वको प्राकृतिक जीव वनस्पति सन्तुलनलाई चुनौती दिइरहेको छ । औषधिका कारण मानिस दीर्र्घजीवी बनिरहेका छन् । मृत्युदरमा पनि कमी आइरहेको छ । मानव भार धरतीले थाम्न सक्ला कि नसक्ला भन्ने जिज्ञासा जल्दोबल्दो छ ।

कोरोनाजस्तो महामारीले पनि यसलाई नियन्त्रण गर्न सकेन । मानिसले कोरोनालाई जितिहाल्यो । जनसंख्या बढाउनुहुँदैन भन्नेमा बहस छैन । बरू मानिस कसरी चिरञ्जीवी रहन्छ भन्नेमा खोज, अनुसन्धान र बहस छ । विश्वमा जनसंख्या वृद्धिको कुनै पनि मापदण्ड छैन । विकासशील तथा विकासोन्मुख मुलुकमा जनसंख्याको वृद्धिदर उच्च कायमै छ ।

तर, कतिपय मुलुकमा यो वृद्धिदर अपवादमा न्यून देखापरेको छ । जापानको जन्मदर घटेर चिन्ता बढिरहेको छ । त्यहाँ मृत्युदर पनि घटिरहेकाले अर्को चिन्ता थपिइरहेको छ । नयाँ अनुहार कमै जन्मने तर पुराना अनुहार सेवा, सुविधा र औषधिका कारण लामो समयसम्म बाँचिरहने भएकाले जापान ‘ज्येष्ठ नागरिकको देश’मा परिणत हुँदै गएको छ ।

यसले उत्पादन शक्तिमा ह्रास आएको छ । किनकि युवा शक्ति त्यहाँ निकै कम छन् । मुलुकमा आवश्यक पर्ने मात्रामा समेत पाउन कठिन भइसकेपछि त्यहाँको सरकारले ‘डेटिङ एप’ प्रयोगमा ल्याएको छ । राजधानी सहर टोकियोमा स्थानीय अधिकारीले सरकारी डेटिङ एप लन्च गरिसकेका छन् । यसले जापानी जनतामा क्रमशः चासो पनि ल्याउन थालिसकेको छ ।

एपमा दिइएका सामग्रीमा बिहेका लागि वरवधूको खोजलाई प्राथमिकतामा राखिएको छ । यो एपको सुरुवाती चरण हो । यसलाई सबैले मनन गर्न र स्वीकार गर्न अनुरोध पनि गरिएको छ । अर्को अचम्मको कुरा त के पनि छ भने फुर्सद नै नभएका जापानीका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले नै सुहाउँदो जोडा खोजिदिने जिम्मा लिने भएको छ । टोकियो महानगर सरकारले ल्याएको यस एपमा चाहेको पार्टनरको गुण, लक्षण र शैली’bout जानकारी दिएपछि चाहना भएका सो एप प्रयोगकर्ताले ‘डाइग्नोस्टिक’ टेस्ट दिनुपर्नेछ । सोका आधारमा एआईले सुहाउँदो जोडी मिलाइदिनेछ ।

यस एपमा अमेरिकी खर्बपति व्यापारी एलन मस्कको आँखा परिसकेको छ । उनले केही समयपहिले आफ्नो ट्वीटमा जापान भविष्यमा हराउनसक्ने मुलुक भनी टिप्पणी गरेका थिए । त्यहाँको बाल जन्मदरको चिन्ताजनक स्थितिलाई उनले आफ्नो कमेन्टमा औंल्याएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनाङको नेस्याङ गाउँपालिकामा माओवादीबाट वडा अध्यक्ष निर्विरोध निर्वाचित