राजनराजको खुर्सानीको बियाँ

काठमाडौं । गायक राजनराज शिवाकोटीले आफ्नो स्वर तथा संगीतमा नयाँ गीत ‘खुर्सानीलाई बियाँ…’को भिडियो सार्वजनिक गरेका छन् । यो गीतमा राजेन्द्र थापाको शब्द रहेको छ । गीतमा राजनराजसँगै गायिका सदीक्षा कट्टेलको स्वर रहेको छ ।

यस गीत मौलिक बनेको छ । गीतको भिडियोलाई प्रसन्न पौडेल र प्रचण्ड पौडेलले निर्देशन गरेका छन् । भिडियोमा यसराज गराच, सामरिका ढकाल, अनिशा न्यौपाने र सरोज प्रजाको अभिनय छ । यस गीतको भिडियो नृत्यप्रधान बनेको छ ।

गीतको भडियो भेल्भेट भाइब्स इन्टरटेनमेन्ट प्रोडक्सनबाट निर्माण गरिएको हो । प्रकाश हमाल निर्माता रहेको भिडियोमा युमी बलामीका कोरियोग्राफी, राजुजंग बस्नेतको सम्पादन, कुनालको कलर ग्रेडिङ र निशान पौडेलको छायांकन छ ।

गायक तथा संगीतकार राजनराजको ‘सुर्के थैली खै’, ‘कुटुमा कुटु’, ‘फुलबुट्टे सारी’, ‘चेप्टे चेप्टे पेरुंगो’, ‘चरीले काफल टिप्यो’ लगायतका गीत सर्वाधिक रुचाइएका गीतमा पर्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको जनकनन्दनीमा अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी