जयमालाको मृत्यु प्रकरणः दोषी पत्ता लगाई कारवाही गर्न माग

राजविराज । पहिचान खुल्न नसकेको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको भन्दै आफन्तले दोषि पत्ता लगाई कारवाहीको माँग गरेका छन् ।

सप्तरीको कंचनरुप नगरपालिका ८ की ५६ वर्षिया जयमाला गुप्ताको यसरी ज्यान गएको भन्दै आफन्तले घट्नाको सत्यतथ्य छानवीन र दोषि पत्ता लगाई कारवाहीको माग गरेका हुन ।

मृतक महिलाका जेठो छोरा डा.तुलाकृष्ण गुप्ताका अनुसार जेठ ९ गते नगरको नन्दलाल चौक नजिकै कंचनपुर वेरियर क्षेत्रमा आयोजित अष्टयाम (धार्मिक अनुष्ठान) मा सहभागी भई ४ वर्षिय नाती रियान्स संगै घर फर्कने क्रममा राती ८ बजे तिर नम्बर खुल्न नसकेको मोटरसाईकलले ठक्कर दिएको थियो । त्यस पछि घाइते भएकी आमालाई उपचारका लागी राती नै विराटनगर स्थित नोबेल अस्पतालमा भर्ना गरिएकोमा जेठ १५ गते उपचारको क्रममा मृत्यु भएको छोरा डा.गुप्ताको भनाई छ ।

मस्तिष्कमा गहिरो चोट लागेका कारण आमाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएको उनको कथन छ । उनले दुर्घटना ’bout पत्ता लगाई दोषिलाई कारवाहीको माँग गर्दै इलाका प्रहरी कार्यालय कंचनपुरमा निकै दौडधुप गरेपनी हाल सम्म प्रहरीले अपराधी पत्ता लगाउन न सकेको गुनासो समेत गरेका छन् ।

उनले जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोद्र्याथ दिदै गृहमन्त्री रवी लामिछानेलाई समेत निवेदन पठाएर न्यायका लागी पहल गरिदिन आग्रह गरेका छन ।

सुरक्षा संवेदनशिलता, चोरी र दुर्घटना नियन्त्रणका लागी मुख्य बजारमा सीसीटिभी क्यामरा जडान हुनु पर्नेमा सो नभएका कारण पनि ठक्कर दिने मोटरसाईकल र चालकको पहिचान गर्न कठिनाई भएको स्थानीयवासीको भनाइ छ ।

मृतक महिलाको कान्छो छोरा आदित्यले सो क्षेत्रका एक जना व्यवसायीको पसलमा सिसीटिभी क्यामरा जडान भएपनि निजले क्यामराको हार्डडिस विग्रीएको छ भनी जवाफ दिएपछि फुटेज हेर्न न सकेको बताए । उनले घट्नाको ३ साता वित्न लाग्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन न सकेकोमा आक्रोश पोख्दै अव धर्ना, प्रर्दशन र अनशनमा वस्ने तयारीमा लागेको बताएका छन् ।

यता प्रहरी सो दुर्घटना’bout आफन्तले तत्कालै जानकारी न गराएको बताएका छन् । घाईतेलाइ अस्पताल पु¥याएको २ दिन पछि मात्र अस्पतालबाट आफन्तले सो जानकारी गराएको हो, इलाका प्रहरी कार्यालय कंचनपुरका एक प्रहरी अधिकारीले भने–ढिलो जानकरी आएपनि प्रहरीले सो ’bout अनुसन्धान गरिरहेको छ ।”

उनले दुर्घटना कसरी के भएको हो अझै स्पस्ट न भएको बताउँदै सबै कोणबाट अनुसन्धान भइरहेको बताएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भीडन्त हुने