मोफसलमा रंग पत्रकारिता चुनौतिसँगै अवसर हो : मणिराज

हेटौंडाका पत्रकार मणिराज गौतम चलचित्र पत्रकारितामा विशेष दख्खल राख्छन् । गौतम प्रिन्ट पत्रकारिता देखी रेडियो, टेलिभिजन हुँदै अनलाईन पत्रकारितमा पनि सक्रिय छन् । गौतमले विसं २०६० को दशकबाट हेटौँडाको पत्रपत्रिकाहरुबाट पत्रकारिता सुरु गरे । पहल साप्ताहिकबाट चलचित्र पत्रकारिताको विट पत्रकारिता सुरु गरेका उनले छापा पत्रकारिता हुँदैे हेटौँडाको मनकामना एफएम मार्फत रेडियो पत्रकारिता गरे ।

उनले काठमाडौंबाट प्रकाशित हुने फिल्मीखबर साप्ताहिक, फिल्मीखबर डटकम अनलाईनमा पनि करिब दशक काम गरे । २०६१-६२ सालमा वीरगञ्जको गढीमाई एफएमबाट बढी चर्चामा आएका उनले विसं २०६४ सालदेखी हेटौँडाबाट प्रशारणमा आएको रेडियो थाहासञ्चार एफएममा करिब १५ वर्ष चलचित्र पत्रकारिता निरन्तर गरे ।

चलचित्र पत्रकारिताकै प्रतिनिधित्व गरेर गौतमले चलचित्र पत्रकार संघ हेटौँडा शाखा स्थापना गरेका थिए । गौतम पत्रकार महासंघ मकवानपुरमा विसं २०६७ मा कार्यसमिति सदस्य, ०७१ मा कोषाध्यक्ष हुँदै ०७८ मा अध्यक्ष समेत भए । उनको पत्रकारिताको मुल्यांकन गर्दै चलचित्र पत्रकार संघ नेपालले जेठ ७ गते रजत वर्ष विशेष पत्रकार सम्मानबाट सम्मान गरेको थियो । गौतम पत्रकारितासँगै पुस्तक लेखनमा पनि लागेका छन् ।

उनी चलचित्र पत्रकारितामा मकवानपुरको इतिहास प्रकाशनको तयारीमा छन भने अन्तर्राष्ट्रिय स्तरको पुस्तक विमोचनको तयारीमा छन् । हाल राष्ट्रिय समाचार समिति मकवानपुरको समाचारदाता र सिधाखबर डटकमको प्रधान सम्पादक रहेका गौतमसँग चलचित्र पत्रकारिता र समग्र पत्रकारिता क्षेत्रको अनुभवलाई हेटौँडाबाट राजधानी संवाददाता सरिता दाहालले गरेको कुराकानीको सार ।

चलचित्र पत्रकारिताको वर्तमान अवस्था कस्तो छ ?
चलचित्र पत्रकारिताको अवस्था पहिलाभन्दा धेरै फराकिलो बनेको छ । अहिले प्रविधिको विकाससँगै यो विटमा कलम चलाउनेहरु बढेका छन् । अन्य विटभन्दा कलाको विट लेख्न जाँगर पनि लाग्छ । यो पेशा आफैमा सेलिव्रेटी पेशा हो । बिगतमा चलचित्रको पत्रकारिताको विट भनेर मानिदैन्थ्यो । अहिले चाहिँ चलचित्र पत्रकारितामा सम्मानजनक स्थान बनेको छ । तथापि मोफसलमा बसेर बिटको पत्रकारिता गर्न सहज भने छैन । हामीले मोफसलमा बसेर पनि केन्द्रका पत्रकारसँग चलचित्र पत्रकारितामा प्रतिस्पर्धा गरिरहेका छौं ।

चलचित्र पत्रकारितामा प्रविधिको विकासले पारेको चुनौतिहरु कस्ता कस्ता छन ?
चुनौती सबैतिर छन् । चलचित्र पत्रकारितामा प्रविधिको विकासले पारेको चुनौतिहरु धेरै छन् । चलचित्रको एनलगदेखि डिजिटल युगसम्म आइपुग्दा पत्रकारिताको रुपमा हामीले प्रविधिसँगै कति सकारात्मक र कति नकारात्मक कुरा भित्र्याएका पनि छौ । हामीले डिजिटल युगमा प्रवेश गरेसँगै चलचित्र पत्रकारितामा झन चुनौति र अवसर दुवै आएका छन् । यो पत्रकारितामा चलचित्रको प्रविधि परिवर्तनसँगै चलचित्र पत्रकारले पनि आफुलाई परिवर्तन गर्नु पर्ने रहेछ । जस्तै पहिला हातले कागजमा लेखेर हुलाक मार्फत समाचार केन्द्रमा पठाईन्थ्यो भने अहिले मोबाईलबाटै सबै संभव भएको छ । आफूलाई अपडेट गराउन नसक्दा यो पेशामा बेरोजगारी हुनुपर्ने बाध्यता छ ।

हिजोको चलचित्र पत्रकारिता र आज चलचित्र पत्रकारितालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
अहिले नयाँ खुल्दै गएका सञ्चारका अत्याधुनिक माध्यमहरू युट्युब, अनलाइनलगायत टेलिभिजन च्यानलका साथै पत्रपत्रिकाहरुले पनि चलचित्र र मनोरञ्जनका विषयलाई प्राथमिकता दिएर प्रशारण तथा प्रकाशित गरिरहेका कारणले पनि सञ्चारमाध्यमहरुमा यो विटका लागी भनेर छुटैछुटै पत्रकार भर्ना गर्ने अवस्था आउनु अत्यन्तै राम्रो हो । तर चलचित्र र मनोरञ्जनका सामग्री प्रकाशित गर्नेमा सरकारले प्रकाशन गर्ने बुलेटिनहरु तथा पत्रपत्रिकाहरुमा चाहीँ चलचित्रको सामग्री कम भएको देखिन्छ । हिजोको चलचित्र पत्रकारिता र आज चलचित्र पत्रकारिता क्षेत्र निकै फरक छ । हिजो अलि ढिला लेख्दा पनि हुन्थ्यो । तर आज कसले पहिला समाचार लेख्ने भन्ने होड चल्छ । कन्टेन ब्रेकिङगर्ने होडबाजीले हामी चुक्न पनि गएका छौ ।

चलचित्र पत्रकारितामा पनि विकृति छन की ?
हो, मनोरञ्जन पत्रकारितामा पनि व्यापक विकृति देखिन्छ । युट्युब र आफू खुसी खोलिएका अनलाईन मिडियामा काम गर्नेहरु व्यवसायिक नभईदिँदा मनोरञ्ज्न क्षेत्रलाई प्रभाव पारेको छ । सुरुको समय युट्युव नेपालका लागि नौलो प्लेटफर्म थियो । यसले साह्रै प्रभावपार्ने भएकाले केहीले यसको दुरुपयोग पनि गरेका छन् । त्यो राम्रो हैन । राज्यले यसलाई कानुनी दायरामा ल्याउनु पर्छ ।

अब कला, चलचित्र तथा मनोरञ्जन पत्रकारितालाई व्यवस्थित बनाउन के गर्नुपर्छ ?
पत्रकारले सबैभन्दा पहिला कन्टेन के हो भनेर आफैले बुझ्नु जरुरी छ । आफैमा विश्वास लाग्ने कन्टेन मात्रै अगाडी बढाउनु पर्छ । जस्तो कि चलचित्रको इतिहास’bout चर्चा गर्दै समीक्षा गर्दा सबैभन्दा पहिला त चलचित्र बुझ्नु आवश्यक छ । कथा भन्ने शैलीका ’boutमा बुझ्नु आवश्यक छ । यो क्षेत्रमा के—के परिवर्तन आइरहेका छन भन्ने कुराहरुलाई मेकर्सझैँ समीक्षक पनि चनाखो हुनु जरुरी छ । यसैले चलचित्र, मनोरञ्जन पत्रकारिता व्यवस्थित बनाउन हामीले यसमा देखिएको विकृति, विसङ्गती बेलाबेलामा केलाउनु पर्छ, बहस सम्मेलन गर्नपर्छ हाम्रो समस्या, अप्ठ्यारा पहिचान गर्दै समाधानको बाटो रोज्नुपर्छ ।

नेपालमा पत्रकारिता गरेर जीवन निर्वाह गर्न सम्भव छ ?
संभव छ, म चलचित्र, मनोरञ्जन पत्रकारितामा क्रियाशील छु, मेरो जीवन राम्रोसँग चलिरहेको छ । कोही यसमा आउन चाहानुहुन्छ भने आउनुस भन्छु । यो क्षेत्र राम्रो छ । यदि आउन चाहानुहुन्छ भने अरुको सफलता, चर्चा देखेर त्यसको लोभमा भन्दा पनि मेहनत गरेर अलग्गै पहिचान बनाउने उद्देश्यले आउनु पर्छ । पत्रकारितामा मेहनत धेरै चाहिन्छ, दुःख अनेक छन् । पत्रकारिता गहन र कठिन काम पनि हो । सफल हुन सकियो भने समाजमा अलग्गै पहिचान बन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा–१८ मा फेरि मतगणना गर्न अदालतको आदेश