लण्डन टु पेरिसको हतारले…रिलिज

काठमाडौं । चलचित्र लण्डन टु पेरिस शुक्रबारबाट सिनेमा हलमा प्रदर्शनमा आएको हो । चलचित्रको शनिबारको व्यापार राम्रो थियो । त्यसपछि यो चलचित्रले अहिले मध्यम व्यापार गरेको छ ।

यसै क्रममा लण्डन टु पेरिसको नयाँ गीत हतारले…को भिडियो मँगलबार सार्वजनिक गरिएको छ । यो गीतलाई सलिन मगरले गाएका छन् । यसमा शब्द र संगीत पनि सलिनकै रहेको छ । यो गीतको भिडियोमा चलचित्रका चार मुख्य कलाकार निश्चल खड्का, कवीर खड्का, गरिमा शर्मा र रुष्मा थापाले अभिनय गरेका छन् ।

यही चलचित्रबाट अभिनेताको रुपमा डेव्यु गरेका निश्चल खड्का र साम्राज्ञीको जोडीलाई दर्शकले मन पराएका छन् । चलचित्र लण्डन टु पेरिस संगीतिक प्रेमकथामा आधारित रहेको छ ।

यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । यसको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । जसमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी