Monday, May 17, 2021
Home Editor-Picks बाघले चितुवा मार्यो

बाघले चितुवा मार्यो

,

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सामुदायिक वनमा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ । मध्यवर्ती क्षेत्रको सुतैया वनमा झण्डै डेढ वर्षको चितुवाको बच्चा मृतको अवस्थामा फेला परेको बर्दिया राष्ट्रिय निकुन्जको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

सुतैयाको जंगलमा चितुवाको बच्चालाई मृत देखेपछि स्थानियले निकुञ्जमा जानकारी गराएका थिए । खबर पाए लगतै निकुञ्जको टोली घटनास्थलमा पुगेको थियो ।

अनुसन्धानका क्रममा घटना स्थलमा पाटे बाघको पाइला देखिएपछि पाटे बाघले नै चितुवाको बच्चालाई मारेको हुन सक्ने निकुञ्जले अनुमान गरेको छ । मृत चितुवा शरीरको अधिकांश भाग बाघले खाएको अवस्थामा फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । चितुवा सानो भएकाले बाघले आक्रमण गरेको बताइएको छ ।

पछिल्लो समयमा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढदै गएको छ । पछिल्लो गणना अनुसार बर्दिया निकुञ्जमा बाघको संख्या ८५ रहेको छ । हाल निकुञ्जमा बाघको संख्या झनै बढेको अनुमान गरिएको छ ।

(Visited 324 times, 1 visits today)
Loading comments...

आजको समाचार

१ लाख संक्रमित घरमै

निर्देशिका भन्छ, बिरामीको नियमित अनुगमन काठमाडौं । देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो...

साताका लोकप्रिय समाचार

९३०५ नयाँ संक्रमित, १६८ जनाको कोरोनाले मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा ९३०५ नयाँ संक्रमित थपिएका छन् । २०,३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा...

विश्वासको मत नदिए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको...

ललितपुर एलिमिनेटरमा

काठमाडौं । मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको एक मात्र गोलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै खुकुरी नेपाल सुपर (एनएसएल) को...

उकालो लाग्दै मृत्युदर,अवस्था थप जटिल

काठमाडौं । देशभर कोरोना संक्रमित र मृत्युदर उकालो लागेपछि अवस्था थप जटिल बन्दै गएको छ । अधिकांश अस्पताल कोरोना संक्रमितले भरिभराउ छन् भने अक्सिजन,...

ग्रान्डी अस्पतालले बिरामीसंग क्षमा माग्दै भन्याे ‘अक्सिजन सकियाे,अब नयाँ बिरामी भर्ना लिँदैनाैं’

काठमाडाैं ।  काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना...

ट्रेन्डिङ

गर्भवती महिलाको उद्धार

बाजुरा (मार्तडी) । बडिमालिका नगरपालिकाले एक जना गर्भवती महिलाको उद्धार गरी जिल्ला बाहिर पठाइएको छ । जिल्ला अस्पताल बाजुरामा उनको उपचार संभव नहुने भएपछि...

देवी साक्षी राखेर क्लिक–क्लिक (फोटोफिचर)

चापागाउँ (ललितपुर) । ‘ख्वै कस्तो आयो ?’ ‘क्लिक’ गर्न नभ्याउँदै आफ्नो छवि हेर्न मोबाइलनिर पुगिसकेका हुन्थे, उनीहरू । पृष्ठभूमिमा मन्दिर पारेर मोबाइलतिर अनुहार सोझ्याउनेहरू पहिले आफ्नै,...

४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्‍यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा...

‘संवैैधानिकता’ र ‘वैधानिता’को खोजी

संसद् विघटनमा ‘संवैधानिकता’को प्रश्न उठे झैं सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भएको विभाजनमा पनि ‘वैधानिकता’को कुरा उठाइएको छ । संसद् विघटन गरिएको विषय...

शासकीय शैली र यसका चुनौती

नेपालमा २०४६ सालबाट नेपाली कांग्रेस र नेकपा एमालेकै विशेषगरी सत्तामा प्रभुत्व रहन पुग्दा प्रजातन्त्रको विकास उल्लेखनीय रूपमा हुन सकेन । विकास निर्माणका कार्यको गुणस्तरमा...

नुवाकोटमा निषेधाज्ञा एक साता थपियो

त्रिशूली । कोभिड–१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय...

स्कुल पढ्दै स्वर परिक्षामा पास भएका थिए प्रेमध्वज प्रधान

काठमाडौ । सुगम संगीतका एक धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान अब हामीमाझ रहेनन् । तिमीलाई अचेल कहाँ देखुँ, घुम्तीमा नआउ है...जस्ता कैयौं...

भक्तपुर मृत्यु प्रकरण : श्रीमती र छोराको हत्यापछि आत्महत्या !

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब...

इंग्ल्यान्डलाई अग्रता

लन्डन । कप्तान इओइन मोर्गनले उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टी–२० मा पाकिस्तानमाथि जित निकालेको छ । इंग्ल्यान्डले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको हो ।...

कालापानी क्षेत्रमा सशस्त्रले थाल्यो गस्ती, स्थानीय खुसी

दार्चुला । नेपाल–भारत सीमा रहेको व्यासको सीतापुल क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती सुरु गरेको छ । भारतीय सुरक्षा फौज एसएसबीले यसअघि सीतापुलमा पोस्ट...

कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार बसेको साप्ताहिक ब्रिफिङपछि...

बीपी साहित्य पुरस्कार ज्ञानमणी नेपाललाई, होमनाथ दाहाललाई सेनानी सम्मान

काठमाडौं । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बी.पी. जयन्तीका अवसरमा बी.पी. साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गदैं आएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)