नतिजा आएको आठ दिनपछि चीनले दियो मोदीलाई बधाई

काठमाडौँ । चीनले भारतको लोकसभाको नतिजा आएको ८ दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको छ ।

चीनको सरकारी मिडिया सिन्ह्वाका अनुसार भारतमा लोकसभा चुनावको नतिजा आएको ८ दिनपछि प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन् ।\

चिनियाँ प्रधानमन्त्रीले बधाई दिदै भनेका छन्- ‘चीन-भारत सम्बन्धको बलियो र स्थिर विकास देशहरूको हितका लागि मात्र होइन, यसले सम्पूर्ण क्षेत्र र विश्वमा स्थायित्व ल्याउन पनि काम गर्दछ ।’ ली छ्याङले थप भने, ‘दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सही दिशामा लैजान भारतसँग काम गर्न चीन तयार छ । यो दुवै देशका नागरिकका लागि पनि सही निर्णय हुनेछ ।’ यसअघि

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो कार्यकालका लागि बधाई दिएका थिए ।
 

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नागेशले पाए विराटनगरको नेतृत्व