बिराटचोकबाट मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ बिराटचौक स्थितबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पीआईटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

गत मंगलबार बिराटचौकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको मोटरसाईकल को. ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद बिक्री गर्ने स्थानीय ४० बर्षीय शंकर दाहाल र धनपालथान गाउँपालिका-१ का १९ बर्षीय अजय मण्डल समेतलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिए ।

पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा धामी