हात्तीको नाम राख्नु कति वैज्ञानिक !

सौराहको हात्तीसारमा छावाको नाम राख्ने चलन नेपालमा रहेको पुरानै परम्परा हो । नेपालमा पाल्तु जनावरको नाम राखिन्छ । नामबाट बोलाएनुसार ती जनावरले प्रतिक्रिया दिन्छन् पनि । हरेक जनावर आफ्नो नाममा सचेत पनि हुन्छन् । यो त भयो मानिसले राखिदिएको नाम ! तर ती जनावर आफ्नो बथानमा एक अर्कालाई नामले बोलाउँछन् वा बोलाउँदैनन् ? यो रहस्य भने खुलेको छैन ।

जनावरका विषयमा यस कुरालाई लिएर अनुसन्धान भइरहेको छ पनि । पछिल्लो अनुसन्धानमा मानिसझैं हात्तीले आफ्नो समूहमा नाम राखेर बोलाउने गर्छ भन्ने कुरा खुल्न आएको छ । हात्तीले अरू हात्तीलाई बोलाउन नाम राख्ने गर्छन् । यो नाम उनीहरूको बथानमा प्रचलित हुन्छ । नाम आफ्नै आमाले राखिदिन्छ । छावालाई त्यही नामले बोलाएर बथानका हात्तीहरूले सूँढले बेर्ने र माया गरेको अनुभूत गराउने गर्छन् ।

जनावरका ’boutमा सोधकर्ताले मानिसबाहेक अर्को कुनै जनावरले नाम राखेर बोलाएको कुरा थाहा पाएका थिएनन् । स्थल प्राणीमा हात्ती मानिसपछिको सबैभन्दा बुद्धिमान प्राणी मानिन्छ । जलप्राणीमा डल्फिनले मानिसजस्तै व्यवहार गर्छन् । खोजकर्ताहरूले थलचर प्राणीमा अफ्रिकी हात्तीहरूले नामबाट आफ्ना सदस्यलाई बोलाउने गरेको रहस्य पत्ता लगाएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर हात्तीका यी गतिविधि पत्ता लगाइएको हो । यो तथ्यनुसार जसको नाम उच्चारण गरिएको हो, त्यो हात्तीले प्रतिक्रिया दिने गर्छ । हात्तीले ठूलो आवाजमा कराउने मात्रै नभएर मसिनो आवाजमा कयौं किलोमिटर परसम्म जमिन कम्पन हुने गडगडाहट गर्छन् । यो नाम बोलाइएको आवाज हो । यो गडगडाहट थरीथरीको हुन्छ । यस्तो आवाज सन्देशका लागि दिइन्छ ।

कुनै एक हात्तीले अर्को कुनै एक हात्तीलाई बोलाउँदा उस्तै आवाज निकालेको सुनिएजस्तै लागे पनि आवाजमा भिन्नता हुन्छ । यही भिन्नताले कसको नाम हो, थाहा पाउन र बुझ्न मद्दत गर्छ । हात्ती निकै संवेदनशील प्राणी हो । यसले हरेक कुराको ख्याल राख्छ । बच्चाको ममता मानिसको भन्दा कम हुँदैन । यसको वक्षस्थल पनि मानिसका झैं दुईवटा हुन्छन् ।

चितवनमा पालिएका हात्तीको नाम मानिसले राखिदिन्छन् । तर, एउटा कुरा भने खोजको विषय बनेको छ । हात्तीसारमा मानिसले राखिदिएको नाम र हात्तीको आमाले राखिएको नाम के एउटै होला ? हुँदैन, अवश्य पनि । त्यसैले, मानिसको झैं ‘न्वारानको नाम’ एउटा र ‘बोलाउने नाम’ अर्को हुन्छ होला त हात्तीको ? यो पनि खोजीको विषय बनिरहेको छ । पहिलेका वीरेन्द्रकली र ऐश्वर्यकली अहिले कहाँ छन् ? तिनको पत्तो छैन । चर्चा पनि छैन ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
युवा नेतृत्व छनौटमा नेकपा एमाले, सुनसरीबाट कार्की सिफारिस