आमिरका छोरा आफ्नै संघर्षले फिल्ममा आउँदै

मुम्बई । बलिउड अभिनेता आमिर खानकी पूर्वपत्नी किरण चलचित्र निर्देशनमा छिन् । अब आमिरका छोरा जुनैद खान पनि अभिनेताको रुपमा बलिउडमा प्रस्तुत हुँदैछन् । उनी फिल्म रिलिज नहुँदै यतिबेला चर्चामा छन् । ड्रामाटिकमा स्नातक गरेपछि जुनैद खानले थिएटरमा आफ्नो कलालाई सम्मान गर्न धेरै वर्ष बिताएका छन् । फिल्ममा आउनु अघि उनले उनले केही नाटकमा पनि काम गरे ।

यसै क्रममा यी अभिनेताको नयाँ फिल्म ‘महाराज’ चाँडै रिलिज हुने भएको छ । यो फिल्मको निर्माण तीन वर्ष अघिबाट सुरु भएको हो । लामो प्रतीक्षापछि यो चलचित्र अब रिलिज हुने भएको छ ।

जुनैद खानलाई यशराज फिल्म्सले महाराजबाट डेब्यु नायकको रुपमा स्थान दिएको हो । महाराजको सुटिङ सन् २०२१ को फेब्रुअरीमा सुरु भएको थियो । यसको छायाँकन ८ महिनाभित्र अर्थात् अगस्ट २०२१ सम्ममा समापन भएको थियो । त्यसयता जुनैद फिल्म रिलिजको पर्खाइमा थिए ।

चलचित्रको छायाँकन सकिएको लामो समयसम्म पनि रिलिजको जानकारी नआउँदा यी जुनैद दिक्क थिए । अब भने यो फिल्म रिलिज हुने कुराले उनी उत्साहित छन् । फिल्ममा जुनैद र जयदीप अहलावत शिर्ष भूमिकामा छन् । यो फिल्मको फस्ट लुक्स सार्वजनिक गरिएको छ ।

उनी यतिबेला अर्को फिल्ममा पनि काम गरिरहेका छन् । तर फिल्मको ’bout जानकारी गराएका छैनन् । उनीसँग अहिले गाडी पनि छैन । सुटिङमा जाँदा वा त्यहाँबाट निस्कँदा रिक्सामा हिड्ने गरेका यी अभिनेता पछिल्लो समय सुटिङमै व्यस्त रहेका छन् । महाराजसँगको उनको डेब्यु कस्तो हुन्छ । त्यसको पर्खाईमा यी अभिनेता छन् ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराका १५ औं मेयर आचार्यको इतिवृतान्त यस्तो छ