संखुवासभामा सभाखोलाले बगाएर १ जनाको मृत्यु

बिराटनगर । संखुवासभाको सभाखोला गाउँपालिका-१ लेब्राङ स्थितमा सभाखोलाले बगाएर १ जना पुरुष मानिसको मृत्यु भएको छ ।

बुधबार दिउसो पाँचखपन नगरपालिका-३ का ३३ बर्षीय भेषराज काल्पा मगरले खोलामा गाई तार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । खोलाले बगाएको स्थानबाट करिव ४ किलो मिटर टाढा रिपेनी घाटमा मगर मृत अवस्थामा फेला परेका थिए ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतक लाशको आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको संखुवासभा प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएर संखुवासभामा १ जनाको मृत्यु
संखुवासभाको चिचिला गाउँपालिका-३ स्थितमा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन ।

जेष्ठ ३० गते राती परेको अरिवल बर्षाको कारण चिचिला-३ स्थितमा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको कामदार बस्ने १४ वटा कोठा मध्ये ३ वटा कोठा पहिरोले बगाउदा कोठामा सुतिरहेका कामदार वर्दियाको बारा वर्दिया नगरपालिका-४ का २१ बर्षीय गंगाराम थारुको पहिरोमा परिएर मृत्यु भएको हो ।

उक्त पहिरोमा परी वर्दिया बारा नगरपालिका ३४ बर्षीय गोविन्द थारु, मकवानपुरका २७ बर्षीय उमेश कार्की र संखुवासभा चैनपुरका ३५ बर्षीय गोपाल तामाङ घाईते भएका छन ।

घाईतेहरुको सामान्य उपचार पश्चात काममा फर्की सकेका छन भने घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुल्लु नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी