थ्रिल कथा बोकेको एनिमेटेड बाटोले तर्साउने दर्शक

तस्बिर सौजन्य – बद्री थापा

काठमाडौं । नेपालमा अझै पनि प्रसस्त भिएफएक्स गरेर चलचित्र बनाउने अबस्था छैन । भिएफएक्समा समय पनि बढी र लगानी पनि बढी लाग्ने भएकाले यसको उच्च प्रयोग नेपाली चलचित्रमा गरिँदैन ।

तर भिएफएक्सको उच्च प्रयोग गरेर निर्माण गरिएको चलचित्र ‘बाटोः रोड टु डेथ’ शुक्रवार (आज)बाट चलचित्र घरमा प्रदर्शन हुँदैछ । प्रदर्शन अघि बुधवार साँझ यो चलचित्रको काठमाडौंमा प्रिमियर गरियो । प्रिमियरमा यो चलचित्र हेरेर सिनेकर्मी तथा अन्यले यसको भिएफएक्सले खुलेर प्रसँसा गरे ।

यो चलचित्र नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा निर्माण गरिएको यसका निर्देशक मदन थापाले बताएका छन् । चलचित्रका लेखक र सम्पादक पनि मदन थापा नै हुन् । काठमाडौं देखि धरानसम्म यात्रा गरेका तीन यात्रीले बाटोमा भोग्नु परेको निकै कठिन समस्यालाई यो चलचित्रको कथामा उतारिएको छ ।

प्रदर्शनको मुखमा पुग्दा पनि यो चलचित्र गुमनाम थियो । आर्थिक अभावकै कारण यसको प्रचार प्रसार गर्न नसकेको यसका निर्माता चन्दन झाले बताए,‘निर्माण सुरु गरिएको चार वर्षमा हाम्रो चलचित्र तयार भएको हो । यसलाई भिएफएक्स सहित पोष्ट प्रोडक्सनमै यति धेरै समय र बजेट खर्च भएको हो ।’

चलचित्रमा मिथिला शर्मा र सुलक्षण भारतीबाहेक सबै नयाँ कलाकार छन् । स्टारकाष्ट नभएर पनि चलचित्र गुनमान भएको हो । बाटो रिलिज भएकाले यसलाई दर्शकले रुचाउने निर्माता चन्दनको दाबी थियो । हुन पनि चलचित्रको साउन्ड र भिएफएक्स भने अन्तराष्ट्रिय गुणस्तरकै बनेको छ ।

‘हाम्रो जस्तो चलचित्रमा कास्ट भन्दा पनि प्रस्तुतिको महत्व हुन्छ । यसलाई हामीले प्राविधिक र प्रस्तुतिको रुपमा उच्च बनाउन कुनै कसर बाँकी राखेका छैनौं ।’ यसका निर्देशक मदन थापाले प्रिमियर शोमा प्रतिक्रिया दिँदै भने,‘नेपाली चलचित्र प्राविधिक रुपमा पछि परेको अहिलेको पुस्ताको गुनासो छ । यो चलचित्र हेरेपछि नेपाली चलचित्र पनि प्रविधिको रुपमा हलिउडको भन्दा काम छैन भनेर दर्शकले महसुस गर्नु हुनेछ ।’

यो चलचित्र थ्रिलर जनरामा निर्माण गरिएको छ । चलचित्र हेर्दा दर्शकहरु धेरै ठाउँमा डराउँछन् । चलचित्रको ससक्त ध्वानी र भिएफएक्सले कतीपय दृष्य डरलाग्दा बनेका छन् । नेपाली चलचित्र उधोगमा एकनासको चलचित्र आईरहेको बेला चन्दनको चलचित्र ‘बाटोः रोड टु डेथ’ लाई दर्शकले फरक चलचित्र मान्ने निर्माण पक्षको दाबी छ ।

चलचित्रमा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ । नेपालमा यो चलचित्र शुक्रबारबाट रिलिज गरिने पनि भारतमा ओटिटी प्लेटफर्मबाट केही समयपछि रिलिज गर्ने निर्माता चन्दनले बताएका छन् ।

काठमाडौं फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रको छायाँकारमा भारतीय छायाँकार शरण ऋषि, लाइन प्रोड्युसरहरू शङ्कर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा, कार्यकारी निर्माताहरूमा रणधीर कुमार झा, अश्विनी घिमिरे, सदिक्षा महर्जन, नवीन अवाल, आकाँषा बस्नेत र विशाखा विक्रम थापा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मुसहरनियाको अध्यक्षमा जसपाका जयकुमार यादव निर्वाचित