रावायणसँग जुध्न आयो देबी

काठमाडौं । प्रहरीको सोधपुछपछि हाजिरी जमानतमा छुटेका निर्देशक सुदर्शन थापाले आफ्नो चलचित्र ‘रावायण’को बाँकी छायाँकन कार्य फेरी सुरु गर्दैछन् । उनले यो चलिचत्रलाई आगामी भदौको तीज अबसरमा रिलिज गर्दैछन् । चलचित्रमा पुजा शर्मा, पल शाहलगायतको अभिनय रहेको छ ।

निर्देशक सुदर्शन थापाले आफ्नो चलचित्र २१ भदौमा रिलिज गर्ने घोषणा गरेका छन् । उनको चलचित्रसँगै अर्को नेपाली चलचित्र ‘देबी’ पनि रिलिज हुने भएको छ । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्मसले चलचित्र देबी निर्माण गरेको छ । यो नारी प्रधान चलचित्र भएकै कारण तीजमा रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

यसैबीच बिहिबार चलचित्र देबीको फस्ट लुक्स सार्वजनिक गरिएको छ । अभिनेता गौरव पहारी र अभिनेत्री शिल्पा मास्के यसको फस्ट लुक्स (पोष्टर)मा समेटिएका छन् । चलचित्रका अन्य कलकारमा नाजिर हुसेन, टीका पहारीलगायत छन् ।

यो चलचित्रलाई सञ्जोग राईले दिर्नेशन गरेका हुन् । महिलामाथि हुने यौनजन्य हिंसाले त्यसले परिवारमा निम्त्याउने तनावलाई यो चलचित्रको कथामा उतारिएको निर्माण पक्षको कथन छ । रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको यो चलचित्रको कार्यकारी निर्मातामा जावेद खान तथा सह–निर्मातामा उजेन नोर्वे गुरुङ र मिलन लामा रहेका छन् । जोएल फ्रोमले खिचेको यो चलचित्रको पटकथा सम्पाद निर्देशक राई र अजय गौतमले लेखेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप