सिन्धुलीमा अत्यधिक लैंगिक हिंसा

सिन्धुली । जिल्लामा एघार महिनामा ३५४ लैंगिक हिंसाका घटनाहरु भएको पाईएको छ । घटनामा सबैभन्दा बढी महिलाहरु प्रभावित भएका छन । ९२ दशमल ६५ प्रतिशत महिलाहरु लैंगिक हिंसाबाट प्रभावित भएको तथ्यांक सार्वजनिक भएको छ । लैंगिक हिंसा प्रभावित मध्ये सबैभन्दा बढी मानसिक र शारीरिक हिंसाका घटनाबाट प्रभावित भएको देखिएको छ ।

एघार महिनामा तीनसय चौउन्न घटना

सिन्धुली अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले जिल्लामा लैंगिक हिंसाका घटना अत्यधिक रहेको तथ्य विहिबार सार्वजनिक गरेको हो । केन्द्रले तेस्रो चौमासिक वैठक तथा वार्षिक समिक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

केन्द्रले चालु आर्थिक वर्षको ११ महिनामा जिल्लामा ३ सय ५४ लैंगिक हिंसाका घटना एकद्धार संकट व्यवस्थापन केन्द्रमा आएको जनाएको छ । एकद्धार संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव एवम सिन्धुली अस्पतालका निर्देशक डा. अभिशेक थपलियाले प्रतिवेदन प्रस्तुत गर्दै जिल्लामा सबैभन्दा बढी भावनात्मक तथा मानसिक हिंसामा परेकाहरुले सेवा लिएको बताएका छन । उनले सार्वजनिक गरेको तथ्यांकमा ११७ जना मानसिक हिंसाबाट प्रभावित भएको देखिएको छ । जुन प्रभावित संख्याको ३३ दशमलब ०५ प्रतिशत हो ।

यस्तै १ सय ६ जना अर्थात २९ दशमलब ९४ प्रतिशत शारीरिक हिंसाबाट प्रभावित भएका छन । जिल्लामा श्रोत र सेवाबाट बञ्चित हुनेको संख्या ७१ अर्थात २० दशमलब ०५ प्रतिशत रहेको छ । उनले बलत्कार र यौन दुव्र्यवहारबाट २८ जना प्रभावित भएको बताएका छन ।

उमेर अनुसार हेर्दा सबैभन्दा बढी २० देखि ४९ वर्षका व्यक्तिहरु हिंसाबाट प्रभावित भएका छन । जसको संख्या २९० अर्थात ८१ दशमलब ९२ प्रतिशत रहेको छ । यस्तै १० वर्षदेखि १९ वर्षसम्मका किशोरीहरु पनि हिंसाबाट अत्यधिक प्रभावित देखिएका छन । जसको संख्या ३३ रहेको छ भने ९ वर्षसम्मका ३ जना प्रभावित छन । ५० वर्ष माथिका २८ जना व्यक्तिहरु प्रभावित छन ।

जिल्लामा जातीगत हिसाबले हेर्दा १६७ जना जनजाती, ९१ जना ब्राह्मण क्षत्री र ८८ जना दलितहरु प्रभावित छन । लैंगिक हिंसाबाट प्रभावित हुनेमा सबैभन्दा बढी महिलाको संख्या छ । एघार महिनामा ३ सय २८ जना महिला हिंसा प्रभावित छन भने २६ जना पुरुष मानसिक हिंसामा परेको देखिन्छ ।

अत्यधिक हिंंसा कमलामाईमा
स्थानीय तह अनुसार हेर्दा सबैभन्दा बढी लैंगिक हिंसाका घटना कमलामाई नगरपालिकाको देखिन्छ । कमलामाई नगरपालिकाको १२४, दुधौली नगरपालिकाको ७३, तिनपाटन गाउँपालिकाको ३४, सुनकोशी गाउँपालिकाको २२, मरिण गाउँपालिकाको २६, घ्याङलेख गाउँपालिकाको १६, फिक्कल गाउँपालिकाको २३ गोलञ्जोर गाउँपालिकाको १६, हरिहरपुरगढी गाउँपालिकाको ९ वटा मुद्दा आएको पाईएको छ ।

एकद्धार संकट व्यवस्थापन केन्द्रमा प्रहरी, मनोसामाजिक कार्यकर्ता, नातेदार, अस्पतालको ओपिडी, सुरक्षा आवास, गैह्र सरकारी संस्था, स्थानीय तह र स्वास्थ्य संस्थाबाट हिंसा पीडितहरु आउने गरेको उनले बताए । यस्तै केन्द्रले उपचार, कानुनी प्रक्रिया, सुरक्षा लगाएतका विषयलाई मध्यनजर गरि अस्पतालको ओपिडी, प्रहरी, सुरक्षा आवास वकिल, सुविधासम्पन्न अस्पताल, मानसिक रोग विशेषज्ञ समक्ष रिफर गर्ने गरेको र घर फर्कन चाहनेलाई घर फकाईएको समेत केन्द्रले जनाएको छ ।

करीब वाईस सयले सेवा पाए
जिल्लामा ओसिएमसी २०७३ मा स्थापना भएको हो । स्थापना भएको ८ वर्षमा २ हजार १ सय ८१ जनाले सेवा लिएका छन । लैंगिक हिंसाबाट प्रभावित मध्ये मानसिक समस्या बढी आउने गरेको छ । मानसिक समस्याका कारण हाल जिल्लामा १४५ जनाले मनोसामाजिक तथा मानसिक उपचार गराईरहेका छन । ती मध्ये १२३ जना अझै पनि फलोअपमै रहेका छन । ओसिएमसीबाट सेवा लिएका एक हजार चार सय १० जना अहिले पनि फलोअपमै रहेका छन । चालु वर्षमा ८ सय ४ जनालाई केन्द्रले उनीहरुको अवस्थाका ’boutमा बुझ्न फलोअप समेत गरेको छ ।

बजेट नहुँदा व्यवस्थापनमा चुनौती
केन्द्रलाई युएनएफपीएले अपनत्व लिन छोडेपछि आर्थिक संकट परेको छ । नौ स्थानीय तहको साझेदारीमा केन्द्र सञ्चालन गर्ने भने पनि समयमा ओसिएमसीमा स्थानीय तहले बजेट हाल्न नसक्दा समस्या छ । तीनजना कर्मचारी रहेको उक्त केन्द्रमा कर्मचारीले नियमित तलब पाएका हुदैनन । सबै स्थानीय तहले बजेट विनियोजन गर्दा ध्यान दिन नसकेको पनि पाईन्छ । चालु आर्थिक वर्षमा कर्मचारीले फागुनदेखि तलब खाएका छैनन । समयमा हिंसा पीडितलाई आवश्यक औषधि यातायातको व्यवस्थापन गर्न समेत ओसिएमसीलाई धौ धौ पर्ने गरेको ओसिएमसीका घटना व्यवस्थापक सुनिता शर्माले बताईन ।

प्रमुख जिल्ला अधिकारी एवम् लैंगिक हिंसा व्यवस्थापन समन्वय समितिका अध्यक्ष भरत खनालले लैंगिक हिंसाका घटना व्यवस्थापनको जिम्मेवारी तिनै तहका सरकारको भएको बताउँदै बजेट अभावले ओसिएमसीको काम रोकिनु नहुने बताएका छन । उनले स्थानीय तहलाई समयमा बजेट निकासा गरिदिन र आगामी दिनका लागि बजेट विनियोजन गरिदिन आग्रह समेत गरेका छन ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले लैंगिक हिंसाका घटनामा समय र आवश्यकता अनुसार सरोकारवालाहरु सक्रिय हुन जरुरी रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?