अवैध चोरी पैठारी बढ्दा बरामद परिणाममा बढोत्तरीः स्थानीय

वीरगन्ज । अवैध बाटोबाट चोरी पैठारी गरी नेपाल भित्र्याएको १ करोड ४६ लाख १ हजार ८ सय ४९ रुपैयाका बिभिन्न सामान पर्सा प्रहरीले सोमबार थप कार्वाहीको लागि भनी उपल्लो निकायमा बुझाएको जनायो ।

त्यसको २४ घण्टा वित्न नपाउँदै पुनः मंगलबार बिहान कार्यालय खुल्ने साथ पनि १० लाख ७४ हजारको सामान थप कार्वाहीको लागि नियामक निकाय वीरगन्ज भन्सार कार्यालयमा प्रर्सा प्रहरीले बुझाएको जनायो । त्यसको पनि २४ घण्टा वित्न नपाउँदै पुनः सोही दिन अबेर ६१ हजार ७ सयको मोटरपार्टस लगायतका सामान थप कार्वाहीको लागि भनी प्रहरीले वीरगन्ज भन्सारमा नै बुझाएको जनाएको हो ।

यो तथ्याँकले अवैध बाटोबाट विभिन्न सामान सीमावर्ती क्षेत्र हुँदै ठूलो मात्रामा नेपाल तर्फ चोरी पैठारी भइरहेको खुलेको छ । अझ पर्सामा नै रहेको सशस्त्र प्रहरी बलले पनि यस्तै परिणाम आउने गरी अवैध बाटोबाट सीमा कटाईका सामान बरामद गरी थप कार्वाहीको लागि नियामक निकायमा पठाउने क्रम चलिरहेको छ । पर्सा प्रहरीले मात्र गएका तीन दिनको अन्तरालमा भन्सार चोरी पैठारी गरी अवैध बाटोबाट नेपाल भित्र्याएका उक्त मूल्य बराबरको विभिन्न सामान बरामद गरी थप कार्वाहीको लागि माथिल्लो निकायलाई बुझाएको हो ।

तथ्याँकले सीमावर्ती क्षेत्रमा चोरी पैठारीले व्यापकता पाएको स्वतः पुष्टि हुन्छ । अझ ती सामान पनि प्रहरीले कहिले बरामद गरेको हो ? भन्ने मिति चाही गोप्य नै राख्ने गरेको छ । अवैध कारोवारी र प्रहरीसँगको सामिप्यता बाक्लो भए वा आपसी मोलतोल मिले बीचबाट पनि सामान नछोडिने भन्ने पनि हुदैन चोरी तस्करीको भित्री तह बुझेका एक भुक्तभोगीले गोप्य कुरा खोले । सीमावर्ती क्षेत्रका प्रहरी प्रशासनमा यस्ता घटना सामान्य हुने गरेका उदाहरण नभएका भने होइन । उदाहरण प्रसस्त छन् ।

प्रहरीले बरामद गरी भन्सार या राजश्व कार्यालयमा थप कार्वाहीको लागि पठाउने वाहेक प्रहरीको आँखा छलेर वा प्रहरी प्रशासन कै सेटिङ्गमा पनि सीमा क्षेत्रमा कहिले काही ठूलो मात्रामा अवैध कारोवार फष्टाउने गरेको विगत साक्षी पनि छ । पछिल्लो समयमा ठूला कारोवारीले कतिसम्म गर्दा रहेछन् भन्ने गतिलो उदाहरण वीरगन्जमा नै रहेको सुख्खा बन्दरगाहमा सडेर बसेका सयौं कन्टेनरको मालिक पत्ता नलागेका घटनाले पनि चुरो कुरा उदाँगो पारेकै छ । नियामक निकायमा हुने केही व्यक्ति र कारोवारीले पनि आ–आफ्ना स्वार्थ पूरा भएपछि यहाँको कहानी आफै ओकल्ने गरेको तथ्य नौलो पनि छैन । क्षणिक समयमै प्रहरी प्रशासनमा आउनेका चिल्लिएका अनुहारले पनि यस्ता कुराको स्वतः पुष्टि गरेकै हुन्छ ।

पछिल्लो समय पनि सहकारीको रकम अपचलनको आरोप लागेका व्यक्ति गृहमन्त्री हुँदा सुरुका केही दिन वीरगन्ज भन्सार आसपास अलि अवैध तस्करी न्यूनिकरण भएको थियो । जो अगुवा …… भनेझैं सत्ताको रजगज गर्ने गृहमन्त्री नै विवादित बनेर खुल्ला लुलिएपछि मातहतका त्यसमा पनि सीमाक्षेत्रमा रहेका कर्मचारीले पनि कडाईको मात्रा खुकुल्याएको स्थानीयको आरोप छ । त्यसैको ताजा उदाहरण हो पर्सा प्रहरीले लगायतले पछिल्लो समयमा अझ बढि अवैध सामान बरामद गरेको फेहरिस्त र थप कार्वाहीको लागि नियामक निकायमा बुझाएका विभिन्न बरामद सामानको उदाहरण स्थानीयको कडा आरोप छ ।

पर्सा प्रहरीले आफूले चेकजाँच गर्ने र केही सचेत गराउने आफ्नो दायरा प्रयोगपछि थप कार्वाहीको लागि अघिल्ला निकायमा यस्ता सामान बुझाउने गरेको छ । प्रहरीले बरामद गरेका सामानहरु मध्ये मोटर पार्टसका सामान, खाद्यान्न, सटिङ्ग सुटिङ्गका कपडा तथा साडी, कुर्था, सुरुवाल र औषधीजन्य बस्तु बढि हुने गरेको भेटिएको छ । सुरक्षा चेकजाँच बाहिरबाट जाने, प्रहरी प्रशासनको सेटिङ्गमा माथिको पावर प्रयोग गरी हुने कारोवारको पनि लेखाजोखा हुने र उद्योगी व्यवसायीले पनि एक नम्बर व्यापार भन्दै अवैधबाट प्रयोग गरेको समेत तथ्याँक जोड्ने हो भने अहिले वैधानिक आयात निकै खुम्चिएको आशंका सीमावर्ती क्षेत्रका बुद्धिजिबीको पनि छ ।

बारा, पर्साका ग्रामिण क्षेत्रका नागरिकका अनुसार पछिल्लो समय व्यापक तस्करी बढ्न थालेको जनाइएको छ । नाम चाही गोप्य राखिदिनु, सीमा क्षेत्रमा बस्न पर्छ भनी उनीहरुले बताए अनुसार अहिले प्रहरी प्रशासनको पनि मिलेमतोमा तस्करीले प्रश्रय पाउन थालेको स्थानीयको दावी छ । प्रहरी प्रशासनको ईसारा नपाउने हो भने यस्तोविधि अवैध कारोवार त हुने थिएन होला पर्साको भिस्वा नाका छेउका एक स्थानीयले बताए ।

त्यसो त अर्को सीमावर्ती क्षेत्र जगरनाथपु गाउँपालिकाका एक स्थानीय युवाले पनि सीमा क्षेत्रबाट व्यापक तस्करी बढ्न थालेको दावी गरे । प्रहरी प्रसासनले बढि मात्रामा माल बरामद गर्नु त्यसैको उदाहरण भएको उनको दावी छ । बढि तस्करी भएको समयमा खुब नियन्त्रण गरेजस्तो गरी प्रहरीले पनि सेटिङ्ग नमिलेकासँग र रेट बढाउन दवाव दिने वहानामा बढि सामान बरामद गर्छ उनले भित्री रहस्य बताए । साविकका उनी पनि सानातिना कारोवारी नै हुन् ।

डेड दशक जति अवैध कारोवारमा सकृय एक कारोवारीले पनि जगरनाथपुरका ती युवाले भनेको कुरा खासै झुटो नभएको तर्क गरे । कारोबार भएको समयमा हुने त्यस्तै हो उनले भने । उनले पनि आफ्नो नाम सार्वजनिक गर्न मानेनन् ।

यता पर्साका प्रहरी प्रवक्ता दिपक भारती भने यो कुरा स्वीकार्न तयार भएनन् । प्रहरी बढि सकृय हुँदा चाही अवैध बाटो प्रयोग गरी भित्रिएको बढि परिणामको सामान बरामद भएको उनको दावी छ । कसैले आरोप लगायो भनेर मात्र भएन । त्यो आरोपमा सत्यता पनि हुनु पर्छ उनले भने । सीमावर्ती नाकाबाट तस्करी ठप्पै छ । सुरक्षाकर्मीका आँखा छलेर केही यता भित्रिएको पनि प्रहरीको सकृयताले ठाउँको ठाउँ नियन्त्रण हुँदैछ उनले थपे । आरोप सत्य चाही होइन उनले जिकिर गरे ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाले मेयर र उपमेयरको उम्मेद्वार टुंग्यायो