कालिकोटमा अझै घटेन कुपोषण

कालिकोट । नरहरीनाथ गाउँपालिकाको एकै समुदायमा आठ जना बालबालिकामा कुपोषण देखा परेको छ । प्लान नेपालको सहयोग र किर्डाक नेपालद्धारा संचालित शसक्त बालिका परियोजनाको सहजिकरणनमा गाउँपालिकामा संचालन गरिएको एकदिने कुपोषण पहिचान शिविरमा सोही गाउँपालिका-२ मा रहेको चौथिकोटको दलित समुदायमा मात्र आठ जना बालबालिकामा कुपोषण फेला परेको हो ।

एउटै गाउँपालिकामा २ सय बढी कुपोषित बालबालिका

वडा र्नं १ देखी ४ नम्बर वडासम्मका ६ महिनादेखी ५९ महिना मुनी सम्मका जम्मा ५सय ३८ बालबालिकाको चेकजाँच गर्दा चौथिकोट र बडेमेला दलित वस्तीमा मात्र आठ जनामा फेला परेको परियोजना अधिकृत निर्मला हमालले बताइन ।

उनका अनुसार पाँच सय ३८ जना बालबालिकालाई चेक गर्दा ४१ जना मध्यायम खालको कुपोषण देखा परेको थियो भने ६ जनामा कडा खालको कुपोपण देखा परेको थियो ।

यस्तै वडा नम्बर ५ मा १२ जना मध्यम र २ जना कडा खालको कुपोषीत छन । क्रमश ६मा ५० जना मध्यम खालका, ७ मा ३७ जना, ८ मा १२ जना र ९ मा ६२ जना मध्यम र १ जना कडा खालको कुपोषित गरी जम्मा २ सय २२ जना कुपोषित बालवालिका रहेको नरहरीनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोज बोगटीले बताए ।

उनका अनुसार तथ्यांकमा उल्लेख भएअनुसार वडाका स्वास्थ्य चौकिमा आएर चेकजाँच गरे अनुसारको लिष्ट मा हो । कती त अस्पतालमा नआएका कुपोषित बालबालिका गाउँमा धेरै छन् बोगटीले भने ।” अस्पतालमा आएर चेकजाँच गरी कुपोषण देखा परेका फेरी नियमित अस्पतालको सम्पर्कमा आउन मान्दैनन् । विषेश गरी स्हार र आहार नपाएरै बालबालिकामा कुपोषण देखा पर्दै आइरहेको छ । ग्रमिण भेडहरुका बालबालिकालाई छाडेर मेलापात, घाँस दाउरा बनपाखा गर्नु पर्ने हुन्छ । उनिहरुको रेखदेख र स्हार नहुदा कुपोषण लाग्ने सम्भावना बढि देखा परेको प्रमुख बोगटीको भनाई छ ।

कुपोषण न्युनिकरण गर्न वा घटाउन संघिय सरकारले वार्षीक रुपमा एकलाख पचास हजार मात्र दिन्छ यसले केही पनी पुग्दैन । स्थानिय सरकारले यसमा थप वजेटको व्यवस्था हुन पर्छ । नत्र मात्र कुपोषण घटाउन सकिने बोगटीले बताए ।

अहिले शसक्त बालिका परियोजनाले प्रराम्भिक बालबालिकाको संरक्षणमा पोषण, खाद्य लगायतका क्षेत्रमा काम गर्दैै आइरहेको छ । यसमा कुपोषणको अवस्था पहिचान गरी बाल संरक्षण र कुपोषण न्युनिकरणमा कामको सुरुवात गरेको छ । यसमा गाउँपालिकाले वजेट सहितको निती तथा कार्यक्रम ल्याउनु पर्ने बोगटीको भनाई छ ।

बिहान खाए बेलुका के खाउ भन्ने समाजका हामी मिठो मसिना खान त चार्डवार्डनै कुर्नु परेको चौथिकाटकी लालकौरा विकले भनिन् । लालकौराका ६ ९ महिनाको बच्चामा कडा खानलको कुपोषण छ । उनी भन्छििन १६ वर्षको उमेरमा विवाह गरियो २१ वर्षमा ३ सन्तान जन्मे । गर्भ बसेको ८ महिनासम्म काम नगरी खान पाउदैन आरम भन्ने के हुन्छ थाहा छैन ।बच्चा त दुध समेत खान पाएन, भैसिँको दुध खुआएर बचाँए । बन जंगल नगरी खान पुग्दैन । गर्भवती हुदा अस्पतालमा चेक समेत गर्नु पर्छ भन्ने थाहा थिएन । एक पटक भने चेकजाँच गरेकी थिए । अस्पतालमा चेक मात्र गरियो पोषणयुक्त खाने कुरा पानएका छैनौ ।

लालकौरा मानत्र हैनन् सोही समुदायकी अनिता दर्जीको २० महिनाको बच्चा पनी कुपोषित छ । उनले भन्छिन कुपोषण घटाउने सरकारको नारा मात्र रहेछ । हामिलाई केही थाहा छैन । न लिटो मिल्छ न कुनै पोषिला खाद्य वस्तु? जिल्ला स्वास्थ्य कार्यालयले गत वर्ष कुपोषण नियन्त्रणका लागि ५ लाख रुपैयाँ खर्च ग¥यो । दसवटै स्थानीय तहले पनि १० देखी १५ लाख रुपैयाँसम्म खर्च गरिरहेका छन । तर कुपोषण घटेको छैन । गत वर्ष शान्नि त्रिवेणी गाउँपालिकाले २, रास्कोट र नरहरीनाथ गाउँपालिकाले ३÷३ लाख, रुपैयाँ कुपोषण बिरुद्ध खर्च गरेको तथ्यांक छ ।

युनिसेफले गत वर्ष गरेको अध्ययनअनुसार ६ देखि २३ महिनाको अवधिमा कर्णालीका ३० प्रतिशत बालबालिकाले मात्रै न्यूनतम आहार पाउने गरेका छन । निर्देशनालयको तथ्यांकअनुसार ४८ प्रतिशत बालबालिकामा कम उचाइको समस्या देखिएको छ । त्यस्तै १७.६ प्रतिशत बालबालिकामा ख्याउटेपनाको समस्या देखिएको छ ।

आमाहरू कुपोषित हुँदा त्यसको असर बालबालिकामा देखिने गरेको कर्णाली प्रदेश अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.नवराज केसीले बताए । ‘महिला गर्भवती भएका बेला र सुत्केरी भइसकेपछि उचित खानपान र स्याहार नपाउँदा कुपोषित हुन्छिन्,’ उनले भने, ‘त्यस्तो अवस्थामा बच्चालाई पर्याप्त स्तनपान गराउन सक्दिनन्, जसका कारण कुपोषण बढिरहेको छ ।’ बच्चा कुपोषित हुन नदिन किशोरावस्थादेखि नै पौष्टिक आहारमा ध्यान दिनुपर्ने डा. केसीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै