राजविराजका अग्नीपीडीतलाई राहत

राजविराज । आगलागीबाट सर्वस्व गुमाएकी एकल महिलालाई विहीवार राहत साम्रगी प्रदान गरिएको छ । राजविराज नगरपालिका ६ की एकल महिला ६५ वर्षिया लिलादेवी सरवरीयालाई वडा कार्यालयको तर्फबाट तत्कालिन राहत स्वरुप सहयोग उपलब्ध गराइएको हो ।

अघिल्लो दिन राती भएको आगलागीले उनको फुसको संरचना भएको दुई वटा घरका साथै भाडाकुडा, लत्ताकपडा, फर्निचर, खाद्यान्न सबै जलेर नष्ट भएको थियो । वडा न ६ को दलित कोटाबाट वडा सदस्य पदमा निर्वाचित सदस्य समेत रहेकी सरवरीयाको आगलागीबाट विजोग भएपछि तत्कालिन राहत स्वरुप केही सहयोग प्रदान गरिएको वडा अध्यक्ष शशी चौधरीले बताए ।

उनलाई घर मै पुगी २५ केजी चामल, ५ केजी खाने तेल, ५ किलो दाल, २ केजी नुन, प्रेसर कुकर, झुल, बाल्टीन, साबुन, भाडाकुडा र साडी लगायतका साम्रगी उपलब्ध गराइएको छ । सो अवसरमा नगर प्रहरीका असई शिव नारायण यादव, वडा सदस्य दिपक शर्मा, सोमिता सदा, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य मनोज कुमार माझी लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचितको कार्यकाल आजबाट सुरु