कलैया अस्पतालको उदघाटन

बारा । बारामा कलैया अस्पतालको उदघाटन भएको छ । शुक्रबार एक कार्यक्रमको बिच कलैया उप-महानगरपालिकाको नगर प्रमुख विनोद साह र ग्यालेक्सी पब्लिक बोडिङ्ग स्कुलको प्रधानाध्यापक नम्रता रिसालले सयुक्त रूपमा रिबन काटेर उदघाटन गरेका थिए ।

कलैया अस्पतालको उदघाटन गर्दै नगरप्रमुख साहले स्वास्थ्य क्षेत्रमा सुविधा सम्पन्न अस्पताल थपिनु कलैयावासीको लागि गर्व रहेको बताए । जनताले स्वास्थ्य उपचारको लागि वीरगन्ज, काठमाडौं जाने समस्याको अन्तय भएको नगरप्रमुख साहले बताए ।

अत्याधुनिक मेसिनरी सहित संचालनमा आएको अस्पतालले बिरामीलाई स्वास्थ्य सुलभ तरिकले सेवा प्रदान गर्न नगर प्रमुख साहले सुझाव दिएका थिए । नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधामा आफु सदैव तैयार रहेको प्रतिवद्धता जाहेर गरेका छन् ।

त्यस्तै ग्यालेकसी पब्लिक बोडिङ्ग स्कुलका प्रधानाध्यापक नम्रता रिसालले आफुले पढाएको बिधार्थी काशी केशरी डाक्टर भई आफ्नै अस्पताल संचालनमा ल्याएको देखेर आफूहरूमा झन उर्जा थपेको बताईन ।

डा केशरी पढदा खेरी यती टेक्नोलोजीको विकास नभएको रिसालले सम्झिन । ब्लाक बोर्डमा कपी कलमले आफै पढी डाक्टर बन्नु धेरै चुनौति रहेको बताईन । अहिलेको समयमा मोनटेसनरी देखी नै बिधार्थीहरू डिजिटल बोर्ड, अनलाईन क्लासको मार्फत पढने प्रवृत्ति रहेको प्रधानाध्यापक रिसालले बताईन ।

अबको दिनमा आफुहरू आफ्नो विधालयको बिधार्थीलाई झन टेक्नोलोजीको हिसाबले पढाउने ताकि भविष्यमा गएर डाक्टर, इन्जिनियर, पाइलट लगायतको ओहदामा पुग्ने ग्यालेक्सी बोडिङ्ग स्कुलले मदत गरोस ।

अस्पतालमा १५ बेड सहित ओपिडी, प्रसुती तथा स्त्रीरोग, बाल तथा नवजात शिशु रोग, हार्डजोर्नी नसा तथा बाथ रोग, थाइराइड,किडनी,मुटु, लिभर तथा मानसिक रोग, नाक, कान, घाटी, हाइड्रोसिल, हर्निया, एपेन्डिस, बासवसिर, पाठेघर लगायतको उपचार २४ घण्टा गरिने संचालक डा काशी केशरीले जानकारी गराएका छन् ।

बिरामीहरूको सुविधाको लागि ल्याब, भिडियो एक्सरे, डिजिटल एक्सरे, इसिजि लगायतको सुविधा एउटै छानामुनी गरिने डा केशरीले बताए । जनताको सेवाको लागि आफु २४ घण्टा तयार रहेको प्रतिवद्धता जाहेर गरेका छन् ।

उदघाटन कार्यक्रममा नगरप्रमुख विनोद साह, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, ग्यालेक्सी पब्लिक बोडिङ्ग स्कुलका प्रधानाध्यापक नम्रता रिसाल, कलैया अस्पतालका संचालक डा बनारसी केशरी, डा काशी केशरी, भरत केशरी, डा मनोज यादव, डा निरज झा, ए प्लस हस्पिटलका संचालक डा विकेस पाण्डे, बाल मन्दिरका प्रधानाध्यापक मान्ती जैयसवार, ग्यालेक्सी पब्लिक बोडिङ्गका शिक्षक पवन सरार्फ, विकास पोद्दार, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि