कहाँ छ त्यो शून्य सञ्चालक ?

२०३५ साल चैत महिनाको अन्त्यतिर पाकिस्तानी सैनिक तानाशाह जिया उल हकले पूर्व प्रधानमन्त्री जुल्फिकार अलि भुट्टोलाई फाँसीमा चढाए । यता, नेपाली विद्यार्थीहरू आन्दोलित भए । भुट्टोलाई दिइएको मृत्युदण्डको विरोधमा प्रदर्शन गर्न उत्रेका विद्यार्थीमाथि दमन भयो । विद्यार्थी आन्दोलन बढ्दै गयो । ९ जेठ २०३६ साँझसम्म आइपुग्दा तत्कालीन शाही नेपाल वायुसेवा निगम र गोरखापत्र संस्थानका भवन आन्दोलनकारी विद्यार्थीको निशाना बन्न पुगे ।

राजा वीरेन्द्र विद्यार्थीहरूको उग्र विरोधका सामु राजनीतिक निर्णय लिन बाध्य भए । १० जेठ बिहान वीरेन्द्रले बहुदल कि निर्दल भन्ने प्रश्नका साथ जनमत संग्रह गर्ने घोषणा गरे । झन्डै १९ वर्षको निरंकुश शासन व्यवस्थापछि नेपाली जनताले पहिलोपटक प्रजातान्त्रिक अधिकारको आशा पलाएको अनुभव गरे । प्रजातन्त्रप्रेमी नेपाली जनतालाई बहुदलीय शासन व्यवस्था कायम हुनेमा थोरै पनि शंका थिएन ।

नेपालका सहर बजार बहुदलको प्रतीक नीलो रङले सज्जिन थाले । निर्दलको रङ पहेंलो कुना कन्दरामा देखिन्थ्यो । तर, अचम्म भयो ! निर्दल पक्षले झन्डै ५५ प्रतिशत मत प्राप्त गरेर विजयी भए । अप्ठ्यारो स्थितिमा प्रधानमन्त्री बनाइएका सूर्यबहादुर थापाले साम, दाम, दण्ड र भेद सबै प्रयोग गरेर निर्दललाई जिताएको विश्लेषण गर्ने गरिन्छ । आज म त्यतातिर लाग्दिनँ । जे गरेर भए पनि निर्दलले जित्यो र त्यो जितको धेरै हदसम्म जस उनै थापालाई नै जान्छ ।

त्यसपछि सुधारिएको भनिएको पञ्चायती संविधान अस्तित्वमा आयो । बालिग मताधिकारका आधारमा निर्वाचन भयो । राष्ट्रिय पञ्चायतमा १ सय १२ जना जनताबाट प्रत्यक्ष निर्वाचित र २८ जना राजाबाट मनोनीत सदस्य गरी कुल १ सय ४० जना सदस्य बन्ने भए । त्यस संविधानमा अनौठो मौलिक व्यवस्था गरियो । राष्ट्रिय पञ्चायतको बहुमत होइन, ६० प्रतिशत अर्थात् ८४ जनाको समर्थन प्राप्त गर्ने व्यक्ति प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था गरियो । सम्भवतः त्यस्तो गर्नुको पछाडि कुनै पनि हालतमा राजाले नचाहेको व्यक्ति प्रधानमन्त्री नबनोस् भन्ने अभिप्राय लुकेको थियो । तमाम षड्यन्त्र आदि इत्यादि गरेरै भए पनि पञ्चायतलाई जिताइदिएको पुरस्कार सूर्यबहादुर थापाले पाउनु नै थियो । जनमत संग्रहपश्चात् भएको निर्वाचनपछि थापाले प्रधानमन्त्रीमा निरन्तरता पाए ।

यहाँसम्मको लेखनीले पाठकहरूलाई त्यो शून्य सञ्चालक चिनेजस्तो लागेको हुनसक्छ । तिनको आकारप्रकार राजदरबारकै घेराभित्र कतै रहेको लागेको पनि हुनुपर्छ । मदन भण्डारीको निधनपछि भने सामान्य मानिसलाई अन्यथा सोच्न बाध्य बनाउँछ । मदन भण्डारी पनि जेजस्तो भए पनि आमजनताको ठूलो तप्काको विश्वास जित्न सफल भएका व्यक्ति बनिसकेका थिए । तर, उनको उपस्थिति दरबारिया शक्तिका लागि दूरगामी रूपमा धेरै अपाच्य हुनुपर्ने कारण थिएन । यदि, मदन भण्डारीको स्वाभाविक मृत्यु होइन भने त्यो शून्य सञ्चालककै षड्यन्त्रको परिणाम हो, तर त्यो कुनै दरबारिया शक्ति किमार्थ होइन

तर, २ वर्ष नाघ्दा ननाघ्दै थापालाई आपत् आइप¥यो । २०४० साल असारको मध्यतिरबाटै सूर्यबहादुर थापा हट्ने हल्ला चल्न थाल्यो । असार अन्तिम साताको सुरुवातसँगै सूर्यबहादुर थापाप्रतिको राष्ट्रिय पञ्चायत सदस्यहरूको समर्थन घट्न थाल्यो । मन्त्रीहरूले राजीनामा दिन थाले ।

पञ्चायती व्यवस्थामा यसअघि समर्थक सदस्यको टाउको गन्ने प्रचलन नै थिएन । एकाबिहान वा कुनै पनि बेला प्रधानमन्त्रीको राजीनामा श्री ५ बाट स्वीकृत भएको समाचार रेडियो नेपालले फुक्थ्यो र अर्को प्रधानमन्त्री नियुक्तिको सूचना पनि आउँथ्यो । यसपटकचाहिँ सायद सूर्यबहादुर थापाले राजीनामा दिने राजाको आदेशलाई मानेनछन् र राष्ट्रिय पञ्चायतमा अविश्वासको प्रस्ताव सामना गरेर पक्ष विपक्षको टाउको गन्ने निर्णय गरेछन् क्या र ! हुन पनि अचम्मै भयो ।

सायद विश्व इतिहासमै अचम्मको घटना भयो । सूर्यबहादुर सरकारका अर्थमन्त्री डा. यादवप्रसाद पन्तले एक दिनअघि राष्ट्रिय पञ्चायतमा बजेट पेस गरे ! भोलिपल्ट डा. पन्तले ‘प्रधानमन्त्रीसँग नीतिगत मतभेद भएको’ कारण देखाइ राजीनामा दिए र थापाको विपक्षमा लागे । ४८ घण्टा अघिसम्म राष्ट्रिय पञ्चायतका कुल सदस्य संख्या १ सय ४० मध्ये १ सय ७ जनाको समर्थन रहेका बलिया प्रधानमन्त्री सूर्यबहादुर थापालाई समर्थन गर्ने सदस्यहरूको संख्या अब १७ मात्र रह्यो । १ सय ७ र १७ बीचको फरक हेर्नोस् त ! फगत एक शून्य बीचबाट उछिट्टिएर कता पुग्योपुग्यो ।

अनायास त्यो १ सय ७ अब १७ बन्न पुग्यो । हराएको त एउटा शून्य मात्रै हो ! तर कति शक्तिशाली रहेछ त्यो शून्य ! त्यस्तो शक्तिशाली शून्यका सञ्चालक त झन कति शक्तिशाली होलान् !! ती शक्तिशाली सञ्चालकको देदिप्यमान मुहार हेर्न जोकोही पनि लालायित हुने नै भए ।

त्यसबेला खुला कुरा गर्ने छुट थिएन । अनुशासन कडा पो थियो त ! गैरसरकारी सञ्चारमाध्यममा समेत बिम्बको प्रयोग हुन्थ्यो । झन राजपरिवारको संलग्नता भएको कुरो त बोल्न पनि मिल्दैनथ्यो । तर, घुमाउरो पाराले राजनीतिक वृत्तमा होहल्ला त भइहाल्थ्यो । सूर्यबहादुर थापाको बीच मुठीबाट शून्य हराउनुको पछाडि तत्कालीन सानेवानिले किन्न लागेको बोइङ जहाजको कमिसन थियो भन्ने हल्ला व्याप्त थियो ।

अर्को शब्दमा भन्ने हो भने त्यो शक्तिशाली शून्यका सञ्चालक दरबारिया शक्तिसँग कमिसनको कुरामा मतभेद भएर शून्य झिकिएको चर्चा व्यापक थियो । त्यसबेलाको राजनीतिक वृत्तमा शून्यका सञ्चालक दरबारिया शक्ति नै भएको बुझाइ थियो ।

स्वयं सूर्यबहादुर थापाले यस घटनाभन्दा पहिला र पछि पनि ‘द्वैध शासन’, ‘गैरसंवैधानिक शक्तिकेन्द्र’ र ‘भूमिगत गिरोह’ आदि इत्यादि भन्दै ती महान् शून्य सञ्चालकको परिचय दिने कोसिस नगरेका होइनन् ! तर। जनमत संग्रहमा बहुदल हराउने षड्यन्त्रमा प्रमुख पात्र बन्दैगर्दा आफू पनि ती शून्य सञ्चालकको गोटी बनेको कुरो चतुर सूर्यबहादुर थापाले पनि चालै नपाएको पो हो कि !

२००७ सालको परिवर्तनपछि १ पुस २०१७ को काण्ड पर्यन्त के भएको थियो ? एकएक घटनाको विवेचना गर्नेतर्फ नलागौं । एक लाइनमा भन्ने हो भने २००७ सालको परिवर्तनका नायकहरूलाई जनताका बीच स्थापित हुन नदिने मात्र होइन खलनायक नै सिद्ध गर्ने प्रपञ्च रचियो । त्यस प्रपञ्चका अवशेषहरू आज पनि बेलामौकामा टाउको उठाउने प्रयासमा सक्रिय देखिन्छन् । २०१७ पछि २०४६ सालसम्म पनि यस प्रयासले नयाँनयाँ रूप र चोला फे¥यो । तर, घुम्दैफिर्दै जनताले पत्याएका वा जनताले पत्याउने सम्भावना बोकेका तमाम व्यक्ति र शक्तिलाई धुलाम्य र बदनाम गर्ने प्रयास गरियो । २०१५ सालमा ४ सिट जितेका कम्युनिस्टहरूको चामत्कारिक एवं तिलस्मी पाराको उत्थान पनि वास्तवमा स्वाभाविक हुँदै होइन । अझ त्यसमाथि पुष्पलाल र मनमोहनजस्ता व्यक्तित्वहरूको सुनियोजित तेजोबध र अकस्मात दुलोबाट निस्केका व्यक्तिहरूको उदयले त कुनै पनि सन्तुलित व्यक्तिको मथिंगल चकराउन सक्छ । शून्य सञ्चालक शक्तिको अद्वितीय क्षमताको प्रशंसा गर्नैपर्ने हुन्छ ।

२०४६ सालको आन्दोलनले पुनः एकपटक त्यो शून्य सञ्चालक थोरै हारेजस्तो भयो । जनताको शक्ति हावी भयो । वामपन्थी भनिने शक्ति धेरै हदसम्म शून्य सञ्चालककै खेलको सह–उत्पादन हो भन्ने शंका रहँदारहँदै पनि बहुसंख्यक वाम समर्थक जनता निष्ठाकै अनुयायी थिए । तर, त्यो शून्य सञ्चालक चुप लागेन । गणेशमान सिंहकी श्रीमती र छोराले बहुदल प्राप्तिपछिको पहिलो निर्वाचन हार्नु फगत सामान्य घटना थिएन । संविधान निर्माता लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मदन भण्डारी नाम गरेका एक तिलस्मी पात्रसँग निर्वाचन हार्नु पनि चानचुने घटना थिएन । शून्य सञ्चालक साँच्चिकै शातिर दिमागका धनी होइनन् त ? यहाँसम्मको लेखनीले पाठकहरूलाई त्यो शून्य सञ्चालक चिनेजस्तो लागेको हुनसक्छ । तिनको आकारप्रकार राजदरबारकै घेराभित्र कतै रहेको लागेको पनि हुनुपर्छ । मदन भण्डारीको निधनपछि भने सामान्य मानिसलाई अन्यथा सोच्न बाध्य बनाउँछ । मदन भण्डारी पनि जेजस्तो भए पनि आमजनताको ठूलो तप्काको विश्वास जित्न सफल भएका व्यक्ति बनिसकेका थिए । तर, उनको उपस्थिति दरबारिया शक्तिका लागि दूरगामी रूपमा धेरै अपाच्य हुनुपर्ने कारण थिएन । यदि, मदन भण्डारीको स्वाभाविक मृत्यु होइन भने त्यो शून्य सञ्चालककै षड्यन्त्रको परिणाम हो, तर त्यो कुनै दरबारिया शक्ति किमार्थ होइन । अनि माओवादी विद्रोहीको दरबारसँग साँठगाँठ थियो वा त्यसको राम्रै तयारी थियो भन्ने त लगभग प्रमाणित नै भइसक्यो । तर, जब राजा वीरेन्द्रको वंशनाश हुन्छ र अन्ततः राजतन्त्र नै समाप्त हुन्छ, त्यो शून्य सञ्चालक दरबारको सीमाभन्दा धेरै माथि र पर रहेको मान्नुपर्ने हुन्छ ।

त्यसपछि हामी नेपालीलाई लागेको बानी’bout उल्लेख गरौं । हामी सजिलै सीआईए, ‘रअ’ र कुनै चिनिया गुप्तचर संस्थाको नाम लिँदै अमेरिका, भारत र चीनको टाउकामा सबै दोष थोपरिदिन्छौं । यी सबै राष्ट्रको आआफ्नो राष्ट्रिय स्वार्थ अवश्य नै छ । त्यस हदसम्म उनीहरू सक्रिय रहन्छन्, नितान्त स्वाभाविक हो । तर, प्रत्येक घटना परिघटनाका लागि उनका टाउकामा दोष पन्छाउनु के हाम्रो आफ्नै नालायकीपनको स्वीकारोक्ति होइन ? हाम्रो मुलुकमा त्यो बेलाबेलामा हराउने अनि फेरि उदाउने शून्य साँच्चिकै शक्तिशाली छ र त्यसको सञ्चालक महाशक्तिशाली हुने नै भयो । वास्तवमा त्यो सञ्चालक अदृश्य छ र अदृश्य नै रहनेछ । त्यसको कुनै एउटा साकार रूप छैन । बेलाबेलामा विभिन्न अवतार लिइरहन्छ । त्यो विकराल विशाल महाशक्तिको अंग प्रत्यंगचाहिँ कसै न कसैबाट परिचालित भइरहने हाम्रो आफ्नो दिमागी कमजोरी हो ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मुसहरनियाको अध्यक्षमा जसपाका जयकुमार यादव निर्वाचित