सुदूरपश्चिमको आगामी बजेट ३१ अर्ब बढी बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि चालू आर्थिक वर्ष २०८०–८१ को भन्दा झन्डै २ अर्बको बढी बजेट सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेशसभाको शनिबारको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोडको बजेट प्रस्तुत गरे । चालू आर्थिक वर्षको भन्दा यो २ अर्ब ३६ करोड बढी हो । चालू आर्थिक वर्षका लागि सरकारले २९ अर्ब २६ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

चालू आर्थिक वर्षः २९ अर्ब २६ करोड रुपैयाँ

नयाँ आर्थिक वर्ष ३१ अर्ब ६२ करोडको रुपैयाँ

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगततर्फ ५५ प्रतिशत रकम विनियोजन गरेको छ । भने चालूतर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आर्थिक मामिलामन्त्री पालले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चालूतर्फ ११ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ १७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी बजेटमा पूर्वाधार निर्माणमा ५ अर्ब ६८ करोड, सामाजिक विकासतर्फ ६ अर्ब ७४ करोड, उद्योग पर्यटन वन तथा वातावरणततर्फ २ अर्ब ४ करोड, भूमि व्यवस्था कृषि तथा सहकारीतर्फ ३ अर्ब ९ करोड र आन्तरिक मामिला तथा कानुन मन्त्रालयतर्फ ३८ करोड ६९ लाख बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहका लागि ८६ करोड समानीकरण अनुदान विनियोजन गरेको छ । त्यस्तै, स्थानीय तहका लागि ससर्ततर्फ ५६ करोड विनियोजन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य