निर्विवादित रहेन एआई

विज्ञान तथा प्रविधिलाई पछिल्लो समयमा टेवा दिइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पछिल्लो समयमा विवादमा परिरहेको छ । एआर्ई भरपर्दो होला कि नहोला भन्ने आशंका निकै जब्बर बनेर गएको छ । एआईले गल्ती नै गर्दैन भन्ने भाष्य गलत साबित हुँदै गएपछि यसका सञ्चालकमाथि बज्रपात पर्दै आइरहेको छ ।

एआईको जति प्रशंसा र क्रेज छ, त्यसका कमजोरी पनि एक–एक गरी बाहिर आइहेका छन् । त्यसमा पनि गुगलको एआई त सार्वजनिक भएदेखि नै विवादित रहँदै आएको छ । पछिल्लोपटक गुगलको एआई ओभरभ्यु नै विवादमा परेको छ ।

गुगलमा प्रयोग गरिएपछि गुगल एआई’bout निकै आशा गरियो । भरपर्दो हुने दाबी पनि गरियो । तर, यसले दिएको ओभरभ्युको प्रतिक्रिया हेर्दा परिणाम उल्टो भएर आयो । यसले मानिसलाई उल्टो चकित बनायो । पछिल्लो समयमा विश्वका चर्चित नेता तथा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा’bout यसले दिउँसै अध्याँरो बनाउने प्रतिक्रिया दियो । त्यो थियो, एआई टुलले दिएको गलत जानकारी ।

एआई टुलले बराक ओबामालाई मुस्लिम धर्मावलम्बी भनी किटान गरिदियो । उनको नामसमेत फेरिदियो । बराक ओबामाको नाम ‘बराक हुसेन ओबामा’ भनेर राखिदियो । यसले सबैलाई चकित बनाइदिएको छ बास हो । । यस्तो आश्चर्यजनक गुगल सूचना पाएपछि कम्पनीका सीईओसमेत किंकर्तव्यविमुढ अवस्थामा देखिन्छन् । मानिसका अनुसार बराक ओबामालाई मुस्लिम करार गर्नु गुगल एआईको बकबास मात्र हो । यो त ठूलो कमजोरी पनि हो । विश्वमा नमिठा घटना निम्त्याउने हुन सक्छ गुगल एआईको यो सूचनाले †

यो भन्दाअघि पनि एक अनौठो र अपत्यारिलो घोषणा गरेको थियो यो गुगल एआईले । यसले हरेक मानिसले दैनिक एउटा सानो ढुंगा खाने सुझाव दिँदै त्यसलाई प्रयोगमा ल्याउन दाबा गरेको थियो । यस्तो दाबा गरिरहँदा गुगल एआईले बर्कले विश्वविद्यालयका वैज्ञानिकलाई उद्धृत गरेको थियो । यसले झन् मानिसलाई आश्चर्यमाथि आश्चर्य थपिदिएको छ ।

यो चालले गुगल सर्चलाई उत्कृष्ट बनाउने भनी दाबी गरेर राखिएको एआई टुल्सले सबै बर्बाद पारिदिने पो हो कि भन्ने गम्भीर आशंका उब्जाएको छ । गुगलमा प्रयोग गरिएका यस्ता टुल्सले बेलाबेलामा यस्ता बकम्फुसे विश्लेषण र ओभरभ्यु दिने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा स्थानीय तह निर्वाचनको तयारी तीव्र