भारतीय दुतवासले अन्तर्राष्ट्रिय योग दिवसमा कार्यक्रम गर्ने

बारा । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दुतवासले विभिन्न योगको कार्यक्रम गर्ने जनाएको छ । शनिवार पत्रकार भेटघाट कार्यक्रममा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न योगको कार्यक्रम गर्ने जनाएको हो ।

सयुक्त राष्ट्र संघले २०१४ डिसेम्बर ११ मा एक प्रस्ताव मार्फत जुन २१ लाई विश्वभर अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउने घोषणा गरेको भारतीय महावाणिज्य दुत देवि सहाय मिनाले बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवस स्थापना गर्ने प्रस्तावको मस्यौदा भारतद्वारा प्रस्ताव गरिएको उनले बताए । नेपाल सहित रेकर्ड १ सय ७७ सदस्य राष्ट्रहरू द्वारा अनुमोदन गरिएको भारतिय महावाणिज्य दुतले जानकारी गराए ।

‘ योग ‘ शब्द संस्कृतबाट आएको यसको अर्थ जोडनु वा एकीकरण गर्नु रहेको बताए । योग पुर्ण रूपमा अध्यात्मिक र अनुशासित बनाउछ । योगले दिमाग र शरीरलाई पुर्ण रूपमा शान्त र स्वास्थ्य राख्ने अभ्यास रहेको मिनाले बताए । दुतवासले ९ संस्करण सफलतापूर्वक आयोजना गरेको जानकारी गराए ।

योग दिवस २०२४ को अवसरमा विरगंज स्थित भारतीय महावाणिज्य दुतवासले विभिन्न योगको कार्यक्रम आयोजना गर्ने महावाणिज्य कन्सुल शशीभुषण कुमारले जानकारी गराएका छन् । विभिन्न स्थानीय सरकारी निकाय र संस्थाहरूको साझेदारीमा विभिन्न स्थानमा योग कार्यक्रम गर्ने तय भएको उनले बताए ।

रोयल पार्टी प्यालेश, हेटौडा मकवानपुरमा १६ जुन बिहान ५ बजेर ३० मिनेटमा, नारायणी नदी किनार ( उधोग वाणिज्य संघ चितवन नजिक ) भरतपुर चितवनमा १७ जुन बिहान ५ बजेर ३० मिनेट, गौर राईस मिल, गौर रौतहटमा १८ जुन बिहान ५ बजेर ३० मिनेट, तिरहुतिया गाछी मैदान, जनकपुरधाममा १९ जुन बिहान ५ बजेर ३० मिनेट, शिव मन्दिर पोखरीयामा २० जुन बिहान ५ बजेर ३० मिनेट र पुरानो बसपार्क, दियालो लडर्स प्लाजा होटल नजिक विरगंजमा २१ जुनमा बिहान ५ बजेर ३० मिनेटमा सबैभन्दा ठुलो निशुल्क योग शिविरको आयोजना गरिने महावाणिज्य कन्सुल कुमारले पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी