नेपाल अफ्रिका चलचित्र महोत्सबमा अभिनय कार्यशाला

काठमाडौ । यही ७ असार देखि ९ असारसम्म काठमाडौंमा तीन दिनसम्म १२ औं नेपाल अफ्रिका चलचित्र महोत्सब २०२४ आयोजना हुँदैछ । यो महोत्सबमा ९ वटा मुलुकका ८ वटा अफ्रिकन चलचित्र र नेपालका २० वटा चलचित्रसहित २८ वटा चलचित्र चयन भएको छ ।

यो महोत्सबमा यसपटक तीन दिनको विशेष अभिनय कार्यशाला पनि आयोजना हुँदैछ ।

यो महोत्सबमा गत वर्ष एकदिनको कार्यशाला राखिएको थियो । तर एक दिनको अभिनय कार्यशाला आफुहरुलाई अलिक कम भएको प्रतिक्रिया विधार्थीहरुले दिएपछि यसपटक तीन दिनको कार्यशाला राखिएको पनि अभिनय प्रशिक्षक एवम् अभिनेता वीरेन्द्र हमालले बताएका छन् ।

उनका अनुसार आगामी शुक्रबार ७ असार विहान ७ बजेबाट सुरु हुने यो कार्यशाला दैनिक ५ देखि ६ घन्टासम्म चल्ने छ । महोत्सबको तेश्रो दिन ९ असार आईतबार २ वजे यो अभिनय कार्यशाला सम्पन्न हुनेछ । त्यसपछि महोत्सबका समापन समारोहमा यसका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिने भएको छ ।

‘यो कार्यशालाको पहिलो दिन ७ असारमा एक्टिङ वर्क र क्यारेक्टर एनाईलिसस सिकाईने छ । यस्तै दोश्रो दिन शनिबार फिल्म एक्टिङ र थिएटर एक्टिङबीचको फरक ’bout जानकारी दिँदै यी दुबै अभिनय प्रशिक्षण गराईने छ ।’ तेश्रो अर्थात अन्तिम दिन आईतबार अभिनय सम्बन्धि गेष्टर, पोष्टर तथा विभिन्न रसको अभ्यास गराएर अभिनय कार्यशाला सम्पन्न गर्ने पनि बीरेन्द्र हमालले जानकारी गराएका छन् ।

नेपाल अफ्रिका चलचित्र महोत्सबकी अध्यक्ष डा. मञ्जु मिश्रले यस्तो अभिनय सम्बन्धि विशेष कार्यशालाबाट अभिनयमा आउँदै गरेकाहरुले छोटो समयमा धेरैकुरा सिक्ने विश्वास आफुले लिएको बताईन् । यस्तो कार्यशालाले नयाँ पुस्ताका कलकारहरुको अभिनयमा अझ निखार ल्याउने विश्वास आफुले लिएको उनले बताएकी छिन् ।

यस्तै महोत्सबको दोश्रो दिन शनिबार अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिँदैछ । सो कार्यशालाको तयारी भईरहेको कार्यशाला सँयोजक रघुनाथ सापकोटाले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप