जन्म दिनमा जितुलाई नयाँ चलचित्र उपहार

काठमाडौं । यतिबेला अभिनेता जितु नेपाल नयाँ चलचित्र घर ज्वाईंको छायाँकनमा व्यस्त छन् । यसै क्रममा उनी आफ्नो जन्मदिनको अबसर पारेर शुक्रबार अर्को नयाँ चलचित्र कँगारुमा अनुबन्धित भएका छन् । यो चलचित्रको कथा निकै राम्रो भएकाले आफु यसमा जोडिएको जितुले बताएका छन् ।

यो चलचित्रमा अनुबन्धित भएपछि अभिनेता जितुले भने,‘चलचित्र ज्वाइँ साबको सेट चित्लाङमै आएर हस्ताक्षर गराउनु भयो, यो अवसरका लागी निर्देशक सम्राट बस्नेत निर्माण नियन्त्रक दिलीप पन्त जी लगायत सम्पूर्ण टिम प्रति आभारी छु’ घर ज्वाईंको छायाँकन सकेपछि आफु चलचित्र कँगारुको छायाँकनमा जाने जितुले बताएका छन् ।

यो चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । चलचित्रको छायाँकन नेपाल र अष्ट्रेलियामा गरिने भएको छ । जितु नेपालसँगै यो चलचित्रमा हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेता अर्पण थापा पनि अनुबन्धित भएका छन् ।

गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ ‘दीपक मनाङ्गे’ले यो चलचित्र निर्माण गर्दैछन् । मनाङ्गेको पनि यो चलचित्रमा अभिनय रहने निर्माण पक्षको कथन छ ।

अब हप्तामा अभिनेत्री फाईनल गरेसँगै आफु केही दिन अभिनय कार्यशालामा रहने र त्यसपछि छायांकनमा जाने निर्देशक बस्नेतले बताएका छन् । यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो चलचित्रलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागेको बताएका छन् ।

चलचित्रमा सीमा गुरुङको कथा रहेका छ । यसको छायाँकारमा सुशन प्रजापति र प्रोडक्सन डिजाइनर दिलीप पन्त रहेका छन् । फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ पनि निर्माताको रुपमा छन् ।

३५ दिनको छायांकन सेड्युल तय गरिएको कँगारु चलचित्रको छायांकन अष्ट्रेलीयाको सिड्नी, न्यूकासल, क्यानबेरालगायतका क्षेत्रमा गरिने निर्देशक बस्नेतले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् एमालेबाट पोखरामा टिकट पाएका वडाध्यक्षका उम्मेद्‌वारहरू