नाट्य संगीतमा लोकभाका

काठमाडौं । सात वटै प्रदेशका कलाकारले एकै थलोमा आफ्ना प्रदेशका लोकगीत प्रस्तुत गरेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक सङ्गीत विभागले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय लोक गीत प्रस्तुति–२०८१ कार्यक्रममा उनीहरुले आफ्ना लोकगीत प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा नेपालका सातवटै प्रदेशक कलाकारले दशवटा लोक गीत प्रस्तुत गरे । जसमा कोशी प्रदेशबाट मु्ना ठटालले लिम्बु समुदायको केलाङ भाका गाईन भने निरता नेवाङले पालम भाका सुनाईन् । यस्तै मधेश प्रदेशबाट हरिशंकर चौधरीले मैथिली लोक गीत, बागमती प्रदेशबाट रामकुमार नेपाली र समूले दर्जीले स्थानीय लोकगीत सुनाए ।

गण्डकी प्रदेशबाट त्यहाँ प्रचलित कौरा भाकालाई गायक खड्ग गबुर्जा तथा प्रतिमा विश्वकर्माले सँयुक्त रुपमा गाए । लुम्बिनी प्रदेशबाट कलाकारहरुले रुकुम रोल्पामा प्रचलित साहिँली भाकाको लोक गीत गाएको यो कार्यक्रममा कर्णाली प्रदेशबाट कलाकार कृष्ण रेउलेले मयालाई भाकामा लोक गीत प्रस्तुत गरे ।सोही प्रदेशबाट यानिमाया भाकालाई कलाकार धनराज चुनाराले मञ्चमा प्रस्तुत गरे ।

सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै कलाकार राजाराम भाटले ठाडी भाका तथा दिपा रोकाया र रुपक परियारले देउडा भाका सुनाएको सो कार्यक्रममा अन्तिममा गायक कृष्ण रेउले, गायिका राधिका हमाल तथा गायिका शीला आलेले लोक दोहीरी गीत सुनाए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको अध्यक्षता तथा प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानाले लोकगीतको महत्व’bout प्रकाश पारे ।

कार्यक्रमालाई सम्बोधन गर्दै उपसभामुख इन्दिरा रानाले नेपाली लोक गीतमा हरेक समुदायाका कथा व्यथालाई समेटिएको हुने बताईन् । यस्तै उनले लोक कला संस्कृतिको संरक्षण र संवद्र्धनका लागि आफ्नो ठाउँबाट पहल गर्ने बताईन् ।

कार्यक्रममा बोल्दै उपकुलपति शम्भु राईले लोक सङ्गीतमा मान्छेको रहनसहन र जीवनपद्धति हुने बताउनुहुँदै नेपाली कला जर्गेनाका लागि र एक अर्काको अस्तित्व स्वीकार्नका लागि पूर्वका पालम गाउने कलाकारले पश्चिमको देउडा, पश्चिमका ठाडी भाका गाउने कलाकारले पूर्वको धाननाच नाच्नुपर्ने र मधेशले हिमालका गीत र हिमालले मधेशको गीत गाउनुपर्नेमा जोड दिनुभायो ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकाे लालकिल्लामा मेयर जितेर इतिहास रचिन् मीना लामाले