डडेल्धुरा सदरमुकाममा पानीको चरम अभाव

जिल्ला सदरमुकाम तुफाडाँडाको एक होटेलको टंकीमा पानी भर्दै ट्यांकर । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । जिल्ला सदरमुकाम क्षेत्रमा तीन महिनायता पानीको चरम अभाव चुलिएको छ । अस्पताल, होटेल, विद्यालय र सबै सरकारी कार्यालय रहेको अमरगढी नरपालिका ५, खलंगा, बागबजार, तुफानडाँडा, किर्तीपुर क्षेत्रमा पानीको अभाव चुलिएको छ ।

ट्यांकरको पानी प्रति लिटर १ सय रुपियाँ पर्दै

२४ घण्टा धारामा पानी पुगाईरहेको खलंगाा खोपानी तथा उपभोक्ता सरसफाई समितिले हाल तीन दिनमा एक पटक पानी खोल्ने गरेको छ । समति नयाँ पानीको मूल थप्न जुटेको छ । तर काम हुन सकेको छैन ।

यस वर्ष हिउदमा खडेरी पर्दा पानीको अभाव चुलिएको हो । गत चैत महिना यता यस क्षेत्रमा तीन दिनमा एक पटक धारामा पानी आउने गरेको छ । त्यो पनी सबैका धारमा आउदैन । अग्ला स्थानमा रहेका धरका धारामा पानी चुहिदैन ।

अस्पताल, होटेल व्यवसाय संचालन गर्न र जिल्ला प्रहरी कार्यालयलगायतले ट्यांकरबाट पानीको जोहो गर्दै आईरहेका छन । जिल्ला सदरमुकाम भन्दा १०–१५ किलोमिटर दुरीमा रहेका असुर्पा खोला, पोखरा खोला, रडुवा खोलाहरुबाट पानीको जोहो ट्यांकरले गरिरहेको छ । तर ती खोलाहरुमा समेत पर्याप्त पानी नहुदा एक ट्यांकर भर्न आधा दिन लाग्ने गरेको छ ।

डडेल्धुरा अस्पतालले एक जनालाई जिम्मेवारी दिएर बिहान बेलुकी ट्यांकरबाट पानी व्यवस्थापन गरिरहेको छ । अस्पतालका मेसु डा. सन्तोष गुप्ताका अनुसार एक पटक ट्यांकरमा चार हजार लिटर बढी पानी आउछ । एक ट्यांकरको चार हजार रुपियाँ नै तिर्नुपरेको छ । यस्तै अस्पतालमा १० हजार भन्दा बढी क्षमता भएका दुई वटा टंकीहरु छन । अस्पतालको नयाँ भवनमा निर्माण गरिएको टंकीमा वर्षातको पानी संकलन गरिन्छ । उक्त संकलित पानी शौचालयमा प्रयोग भईरहेको उनले बताए ।

व्यवसायीक रुपमा पानीको आपुर्ती गर्ने ट्यांकरहरु नभए पनि निर्माण व्यवसायीका ट्यांकरहरुले अहिले पानीको जोहो गरिरहेको खलंगा खानेपानी उपभोक्ता समितिका अध्यक्ष जोगराज ऐरले बताए । ट्याक्टरमा जडान गरिएका ट्यांकरमा करिब चार हजार लिटर पानी अटाउछ । उनले भने, एक ट्यांकरको चार हजार रुपियाँका दरले पानी आपूर्ती भईरहेको छ । यसो हुदा प्रति लिटर पानी एक सय रुपियाँ पर्न गएको छ ।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा पहिलो पटक २०३४ सालमा महाभारत पर्वतको लेकबाट खानेपानी पुगाईएको थियो । १५ किलोमिटर बढीको दुरीमा रहेको अमरगढी नगरपालिका ३ को अनार्वे मुहानबाट पानी पुगाईएको उनले जानकारी दिए । यस पछि २०५४ सालमा महाभारतकै अमरगढी २ मातरे र लामसिम मुहानबाट थप पानी ल्याईएको थियो । यस पछि २०७६ मा तेस्रो साना सहरी आयोजना अन्तरगत ३१ करोड ५५ लाख ६ हजार रुपियाँ लागतमा एक घर एक धारा मिटर जडान गरिएको थियो । हाल यो पानी पनि अभाव भएको छ ।

पानीको मुहान थप गरि योजना निर्माण गर्न यस वर्ष खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको दुई करोड रकम थियो । डेढ करोड रुपियाँका पाईप खरिद गरिएका छन भने २० लाख रुपियाँको अनार्वे माथिल्लो मुहानमा टंकी निर्माण गरिएको उनले बताए । पाईप विछाउन अहिले कामदार नमिल्दा काम सुरु हुन नसकेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरकाे भिमदत्तमा कांग्रेस उम्मेदवार बिजयी